खेलकुद

सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाइ

झापा, फागुन ११ । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब तेस्रो सताक्षी गोल्डकप च्याम्पियन बनेको छ । फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले जारी सिजनमा मोफसलको पहिलो उपाधि चुमेको हो ।

विजेता बनेको मच्छिन्द्रले नगद ६ लाखसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको थ्रीस्टारले ३ लाख रुपैयाँमा चित्त बुझायो ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले खेलको तेस्रो मिनेटमा गरेको गोल नै उपाधिका लागि पर्याप्त भयो ।

थ्रीस्टारका असोक खवासले मच्छिन्द्रका अडेलजा सोमिडेलाई डिबक्स एरियामा लडाएपछि पाएको पेनाल्टिको सदुपयोग गर्दै विमल घर्तिमगरले गोल गरेका थिए । त्यसपछि दुवै टिमले केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा मच्छिन्द्र विजेता बन्यो ।

Leave a Reply

Your email address will not be published.