धरान, फागुन ११ । मोफसलको चर्चीत गोल्डकपको पहिचान बनाउन सफल बूढासुब्बा गोल्डकपको २२औँ संस्करण हिजो बाट सुरू भएको छ । जारी प्रतियोगिता अन्तर्गत अाइतवार (अाज) मेची नेत्रालय काँकरभिटा फुटबल ट्रेनिङ सेन्टर र नेपाल पुलिस क्लब काठमाडौं बिच प्रतिष्पर्धा हुने अायोजकले जनाएको छ ।
त्यसैगरी हिजो भएको उद्घाटक खेलमा अायोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै कर्साङ सेमिफाइनलमा प्रवेश गरी सकेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख रुपैयाँ पाउनेछ ।

