कला

बाहुनडाँगी महोत्सव: सुगम र प्रितम संगै झुमे मेचीनगरवासी

झापा,फागुन २० । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सञ्चालन भई रहेको छ ।

महोत्सवको तेस्रो दिन सोमवार ख्यातीप्राप्त राष्ट्रिय कलाकार सुगम पोख्रेलले आफ्नो सुपरहिट आधा दर्जन बढी गीत गाएर बाहुण्डाँगीवासीलाई कम्मर मर्काइ मकाई नचाए । त्यसै गरी प्रितम अाचार्यले पनि अाधा दर्जन जति गीत गाउदै दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

महोत्सवको तेस्रो दिन पनि मेचीनगर संगै भारतको नक्सलबाडीलगायतका क्षेत्रबाट पनि मानिसहरुको उत्साह जनक उपस्थिति रहेको महोत्सव संयोजक प्रविण भण्डारीले बताए ।

महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेको बाहुनडाँगी जेसीज सन् २०२० का बरिष्ट उपाध्यक्ष देबु बानियाले बताए ।

Leave a Reply

Your email address will not be published.