झापा, फागुन २३ । मेचीनगर–६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रवारबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर-६ का वडा अध्यक्ष ललित तामाङले गरेका थिए ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तामाङले यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई खेलप्रती आकर्षण गर्नुका साथै थप उर्जा मिलेको बताए ।

त्यसैगरी शुभकामना मन्तव्य राख्दै विशेष अतिथिहरू समाजसेवी बालकृष्ण थापा, काकँरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष एवम् राष्ट्रिय महिला फुटवल टिमका गोलकिपर प्रशिक्षक मिन बहादुर बस्नेत र समाजसेवी बालजित राईले खेल क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सकिने भन्दै सरकारले खेलक्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नु पर्ने बताए ।
कार्यक्रममा नाइटचेस क्लब काँकरभिट्टाका महासचिव असोक राई, नेपाल सुनचादी व्यवसायी संघ मेचीनगर शाखाका अध्यक्ष राजेश गहतराज, अमित श्रेष्ठ आशिष गजमेर, कर्ण थापा मगरलगायतको आतिथ्यता रहेको थियो ।
ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रम सञ्चालन आयोजकका कुलदीप राईले गरेका थिए ।
ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगको आयोजनाम सञ्चालित प्रतियोगितामा मेचीनगरका ३० जना खेलाडी सहभागी छन् । प्रतियोगिताको मार्करमा पूर्व स्नोकर खेलाडी पासाङ शेर्पा, कर्ण थापामगर र सचित श्रेष्ठ रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार सहित ट्रफि, द्धितिय हुनेले नगद ५ हजार सहित ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिको हाइस ब्रेकरले नगद २ हजार ५ सय सहित ट्रफि पाउने छन् । प्रतियोगिता फागुन २६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

