स्वास्थ्य

मेचीनगर ८ मा कोरोना सम्बन्धी जनचेतना समिति गठन

झापा, चैत १ । मेचीनगर ८ वडा कार्यलयले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार वडा कार्यलय परिसरमा स्वास्थ्यकर्मी राम नारायण यादव, वडा सचिव राजेन्द्र राई सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शिक्षक, अभिभावकलगायतको वडा स्तरिय भेलामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

साथै भेलाले अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सम्बन्धी वडाबासीलाई जनचेतनाका लागि मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्रकुमार धिमालको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको छ ।

त्यसैगरी समितिको सदस्यमा सन्तोष मेचे, गंगा पाठक, खिला मेचे, बिष्णु बराईली, बिष्णु भट्टराई, गिरीराज धमला, रेवन्तराज पोख्रेल, लालबहादुर थामी, कृष्ण पुरी, रविन ओझा, बालकृष्ण ढुङ्गाना, दशरथ खडिया, लम्बोदर पौडेल, युवराज आचार्य, राम मगर, राजुकुमार राई, घनश्याम पोख्रेल, मनक्मारी गिरी, दिलीप उराउ, मनिषा अधिकारी, तुलसा कट्टेल, संजय धिमाल, दिनेश सिटौला, बमबहादुर थापा र अमृत राउत रहेका छन् ।

भेलाले मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्रकुमार धिमालको संयोजकत्वमा वडा सदस्य सहित पार्टी प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि सदस्य रहने गरी २३ सदस्यीय कोरोना सम्बन्धी जनचेतना समिति गठन भएको छ ।

नव गठित समितिले वडामा कोरोना भाइरसको संक्रमण सम्बन्धी जनचेतना मुलक गतिविधि गर्दै कोरोनाको संभावित जोखिमबाट बच्न र यसको रोकथामका लागि विविध कार्यक्रम अगाडी बढाउने समितिका संयोजक विकेन्द्रक्मार धिमालले बताए । साथै उनको नेतृत्वमा रहेको समितिले वडावासीका लागि आवश्यक माक्स आफै उत्पादन गरेर वितरण गर्ने बताए ।

मेचीनगर नगरपालिकाले आफ्ना सबै वडामा कोरोना भाइरसको संक्रमण सम्बन्धी जनचेतनाका लागि समिति गठन गर्न निर्देशन दिएको छ । सोहि अनुसार मेचीनगर ८ ले समिति गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published.