काठमाडौं, चैत २ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएको बेला मास्क कालोबजारी गर्ने ८ जनालाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको छ।
स्वयम्भू स्थित चाँगलबाट ७९ हजार थान मास्क सहित ८ जना ब्यापारीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यलयले जनाएको छ ।
पाँच रुपैयाँ मूल्य पर्ने सर्जिकल मास्कलाई ३५ रुपैयाँमा विक्री गरिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको हो । उनीहरुको गोदाममा छापा मार्दा प्रहरीले ७९ हजार थान मास्क बरामद गरेको हो ।
स्वयम्भू स्थित हरिकृष्ण डंगोल र आनन्दकाजी शाक्यको घरमा छापा मार्दा सो परिणामको मास्क फेला परेको हो ।
पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, निशान तामाङ र मानकाजी लामा, रामेछापका अनिश कार्की, बाजुराका थुमराज उपाध्याय र नृप कार्की, काठमाडौंका उज्ज्वल अधिकारी तथा रामेछापका शिव खड्का छन् ।

