संघ \संस्था

सरकार हामी भोक भोकै मर्नु ?

युवराज आचार्य
झापा, चैत १९ ।
सरकार के अब हामी भोक भोकै मर्नु ? हामी कहाँको नागरिक ? हामी अनाथ बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्नु सरकारको दायित्व होईन र ? हामीलाई किन यतिधेरै अपहेलना ? जस्ता प्रश्नहरु अनाथ आश्रमका अधिकांस बालबालिकाहरुले यतिबेला तीनै तहका सरकारलाई गरी रहेका छन् ।

नेपाल सरकारले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न चैत ११ गते देखि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउदै देशैभरी लकडाउन घोषणा गरेको छ । लकडाउन चैत २६ गते सम्मलाई जारी गरिएको छ । यो अझै लम्ब्याउने संकेत सरकारले गरिरहेको छ । यसको प्रत्यक्ष मारमा सहयोगका भरमा सञ्चालन भई रहेका अनाथ आश्रम, बृद्धआश्रमलगायतका संस्थाहरु परिरहेका छन् ।

लकडाउनले गर्दा अहिलेको बिषम परिस्थितिमा सहयोगी दाताहरु कोही पनि घर देखि बाहिर निस्कीएका छैनन् । जसले गर्दा सहयोगको भरमा सञ्चालन भईरहेका अधिकांस संघ संस्थाहरु समस्यामा परिरहेका छन् । यसको एउटा उदाहरण हो जागृत बाल उद्धार केन्द्र मेचीनगर ।

२०६९ सालमा मेचीनगर ७ स्थित काँकरभिट्टाको त्रिवेणी टोलमा स्थापना भएको जागृत बाल उद्धार केन्द्रमा अहिले ८ जना महिला र ६ जना पुरुष गरी जम्मा १४ जना अनाथ बालबालिका रहेका छन् । सहयोगी दाताले दिएको खाद्यन्न सकियो । अहिले सम्म त जेनतेन खुवाईयो अब भरे देखि के खुवाउने ठुलो समस्या भएको केन्द्रका अध्यक्ष अर्जुन देवकोटाले हाम्रो खबरपाटीलाई बताए ।

अहिलेको यो बिषम परिस्थितिमा सर्वसाधारण बाहिर निस्कने अवस्था छैन । सहयोगी दाताहरु पनि आफ्नो सुरक्षका लागि घरघरमा नै बसिरहेको अवस्था छ । हाम्रो सामथ्र्यले भ्याए सम्म त हामीले आफै पनि गरि सकियो अब त हामीले केही गर्न सक्ने अवस्था पनि छैन केन्द्रका सचिव विकास देवकोटाले बताए ।

सचिव देवकोटा (फोन नं. ९८५२६६३५२२)ले दाताहरुसँग तत्काल सहयोगको आह्वान समेत गरेका छन् । साथै उनले अहिलेको यस्तो अवस्थामा स्थानिय सरकारले पनि यस्ता संस्थाहरुलाई प्राथमिकता दिदै खाद्यन्न लगायतका अति आवश्यक सामाग्रीहरु उपलब्ध गराउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published.