इलाम, चैत २० । नेपाल तरुण दल ईलाम चुलाचुलीले क्वारेन्टाइनमा बस्ने बिरामीहरुको लागी खाद्यन्न दिएको छ । तरुण दलका राहात संयोजक डम्बर तुम्रोक र मुख्य सल्लाहकार तरुण दल छेत्रीय सभापति राजेन्द्र केरुङले विपत ब्याबस्थापन समिति संयोजक धुर्ब लावातीलाई खाद्यन्न प्रदान गरेका थिए ।
तरुण दलले बिहिबार २५ केजी चामल, ३ केजी दाल, ५ लिटर खानेतेल, २ प्याकेट नुनलगायतका सामाग्री वितरण गरेको हो । तरुण दलचुलाचुली सभापती सागर जवेगुको संयोजकत्वमा यस अघि नै १ हजार मास्क, टोल टोलमा हात धुने साबुन साथै कोरोना संक्रमण नियन्त्रण गर्ने स्प्रेको ब्यवस्थापन गरेको थियोे ।

