झापा, चैत २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कचनकवल गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ५१ हजार रुपैयाँ कचनकवल गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा नेकपाले उक्त रकम सहयोग गरेको जनाइएको छ । सो गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न, अशक्त, असहाय, दैनिक ज्यालादारीमा काम गर्ने कामदार र मजदूरहरुलाई राहत वितरण गर्नका लागि उक्त सहयोग परिचालन गरिने छ ।
नेकपा कचनकवलका अध्यक्ष तिलकबहादुर राइ संगै प्रदेश कमिटी सदस्य एवम् माननीय बसन्त बानियाले गाउँपालिकाका अध्यक्ष अन्जार आलमलाई चेक हस्तान्तरण गरेका थिए ।

