काठमाडौं, बैशाख ८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ६४ हजार ९२२ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २४ लाख ४ हजार ८५१ जना संक्रमित भएका छन् ।
विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ४ जहार ८८७ जनाको मृत्यु भएको छ । ७४ हजार ८३ नयाँ संक्रमित थपिएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।। अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ । सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ५२ हजार ११७ जनामध्ये १३ हजार ५६६ को अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ । आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ । इटालीमा संक्रमितमध्ये ४७ हजार ५५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २५७ जनामध्ये २ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४१० जनाको मृत्यु भएको छ भने ४ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ पुगेको छ ।
सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ८६४ जना उपचाररत छन् ।
यस्तै फ्रान्समा १९ हजार ७१८, बेलायतमा १६ हजार ६०, जर्मनीमा ४ हजार ५८६, इरानमा ५ हजार ११८ जनाको मृत्यु भएको छ ।

