संघ \संस्था

मेचीनगर–४ द्वारा वडाबासीको घर–घरमा विउँविजन वितरण

झापा, बैशाख १० । मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले बुधबार वडाबासीलाई तरकारीका विउँविजन वितरण गर्न शुरु गरेको छ । वडाको २२ वटा टोल विकास संस्थामार्फत प्रत्येक घरधुरीलाई तरकारीका विउँविजन वितरण गर्न शुरु गरेको हो ।

वडा कार्यालयले तरकारीमा परनिर्भरता हटाउदै तरकारीमा आत्मनिर्भरताका लागि वडाका १ हजार १ सय ५० घरधुरीलाई विभिन्न जातका तरकारीका विउँविजन वितरण गरिएको मेचीनगर–४ का वडाध्यक्ष नविन बरालले बताए ।

वडाले सहजताका लागि टोल विकास संस्थामार्फत वडाका प्रत्येक घरघरमा पुगेर भिन्डी, बोडी, करेला, लट्टेको साग, लौका, घिरौलाको विउँविजन वितरण गर्न शुरु गरिएको उनले जानकारी दिए । लकडाउनमा तरकारीको समस्या झन बड्न थालेपछि वडामा खाद्य संकट नहोस् भनेर प्रत्यक घरमा तरकारीका विउँहरु रोप्न दिइएको वडाध्यक्ष बरालले बताए ।

वडाले स्थानीयलाई निःशुल्क विउँविजनका साथै लकडाउनमा सामाजिक सुरक्षा भत्ता पाउन नसकेका अपाङ्ग, महिला विद्युवा, जेष्ठ नागरिक, दलित बालबालिकाहरुलाई घर–घरमा पुगेर भत्ता वितरण समेत गरिरहेको उनले बताए ।

केहिदिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीले पनि भिडियो कन्फ्रेसमार्फत मेचीनगरपालिकाका मेयर विमल आचार्यसँग किसानहरुलाई उत्पादनमा जोड दिन र विउँविजन उपलब्ध गराउन आग्रहसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.