समाचार

थप १७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, बैशाख २४ । नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पर्साको वीरगन्जका थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमण हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । थप १७ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.