विचार

म किन अखिल ?

आशिष पौडेल
झापा, जेठ १ ।
नेपाली राजनीतिको एक दरिलो पाटो समालेको विधाथी आन्दोलन देशमा सकारात्मक परिवर्तनको लागि अति आवस्यक छ। गलत नियत,घुस खोरी र केन्द्रिय राजनीतिमा लागेको जालो लाइ सफा गर्न विधाथी राजनीति एक अभिन्न अङ्ग बन्न सक्छ । हाम्रो देशको राजनीति लाई हेर्ने हो भने अधिकान्स बुढा पुस्ताको दबदबा रहेको छ जस्ले देशलाइ उचित दिशा तिर पुर्याउन सकेको छैन । र मेरो बुझाइ दिगो परिवर्तनको लागि विधाथी राजनीति मात्र उतम विकल्प बन्न सक्छ।

देशभरी भएका विभिन्न विद्यार्थी संगठनलाई नियालने क्रममा मैले एउटा यस्तो विद्यार्थी संगठन लाई भेटे जस्को स्थापनाको उदेश्य गुणस्तरीय शिक्षा,ब्यसायीक शिक्षा,शिक्षाको बदलिकरण र शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनु हो। आज देशको सबै भन्दा ठूलो समस्या भनेको नै अशिक्षा हो र यो देखि बाहेक अव्यवारिक शिक्षाको कारण पनि अपेक्षित प्रतिफल प्राप्त भएको छैन। हो अनेरास्ववियू यस्कै लागि स्थापित नेपालकै ठूलो विद्यार्थी संगठन हो।

शिक्षा क्षेत्रमा भै रहेको विभिन्न कमजोरी लाई हटाइ गुणस्तरीय शिक्षा सवै ले पाउनु पर्छ भन्ने मुल नारालाइ आत्मासाथ गरि अनेरास्ववियू निरन्तर आन्दोलित छ। गाडी भाडा विद्यार्थी लाई ४५% छुट, शैक्षिक प्रमाणपत्र धितो राखी ऋणको व्यवस्था यो पनि अनेरास्ववियूको आन्दोलन बाट प्राप्त नतिजा हो।

शिक्षा क्षेत्रमा मात्र नभएर देशमा हुने सानो ठूलो हरेक क्रियाकलाप लाई अनेरास्ववियूले खबरदारी गरि रहेको हुन्छ। सहिलाइ ताली र गलत लाई गाली गर्ने हिम्मत बोकेको र पाटिको झन्डामा मात्र सिमित नरहेको एक मात्र विद्यार्थी संगठन अनेरास्ववियू देशमा बाढी पहिरोको समस्या आउदा होस , भुइचालो आउदा होस , या कुनै सामाजिक बिपती आउदा होस स्वयम् सेवक बनेर अगाडि सर्छ। देशको सिमाना मा अरुले थिचो मिचो गर्न खोज्दा देशको कबज बनी रक्षा गर्न अघि सर्छ।

२०२२ जेठ १ गते बाट निरन्तर देश र देशको जनताको पक्षमा वकालत गर्दै आएको एक मात्र विस्वासीलो संगठन जसबाट मात्र यो देशमा दिगो र सकारात्मक परिवर्तन सम्बभ छ । त्यसैले मेरो रोजाइ अनेरास्ववियू । (लेखक आशिष पौडेल अनेरास्ववियू त्रिदेब बहुमुखी क्याम्पस)

Leave a Reply

Your email address will not be published.