बाहुण्डाँगी । नेपाल जेसीजको बार्षिक कार्यक्रम लोम नोम लिडरर्स एकाडेमी यहि फागुन १४ र १५ गते बुटवलमा हुने निश्चित भएको छ ।
बुटवल जेसीजको आतिथ्यतामा हुने उक्त एकाडेमीमा देशभरका १६१ शाखाका अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता रहनेछ । कार्यक्रम रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित होटल पौवामा हुनेछ ।
उक्त कार्यक्रममा शाखाको बार्षिक कार्यक्रमहरुको समिक्षा, दीर्घकालिन योजनाको तर्जुमासहित अन्तरकृया छलफल हुनेछ भने कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उदेश्यले विभिन्न तालिमहरुको आयोजना गरिएको नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर विकास मानन्ध्रले बताउनु भयो ।
स्मरण रहोस २०२० मा कोरोनाका कारण यो एकाडेमी स्थगित गरिएको थियो ।


