समाचार

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, बाँकेका मृतक युवकमा पुष्टि

काठमाडौं, जेठ ४ । नेपालमा कोरोना भाइरस ।कोभिड–१९० बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएको बताइएको छ । मटैया–५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनमा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको गत बिहीबार साँझ निधन भएको थियो । उनमा शनिबार मात्रै कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published.