संघ \संस्था स्वास्थ्य

मेचीनगरले दियो सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

झापा, जेठ ४ । मेचीनगर नगरपालिकाले मेचीनगर क्षेत्रमा रहेका सञ्चारकर्मीलाई आईतबार स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

नगरपालिका द्वारा दिईएको स्वास्थ्य सामाग्री बुझदै अग्रज पत्रकार मोहनकाजी न्यौपाने

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट जोगिनका लागि सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको मेचीनगर प्रमुख विमल आचार्यले बताए ।

अहिलेको बिषम् परिस्थितिमा सूचना सम्प्रेसण गर्न आफ्नो स्वास्थ्यलाई समेत दाउमा राखेर अहोरात्र खटिने मेचीनगरका सक्रिय पत्रकारहरुलाई नगरपालिकाको तर्फबाट सानो सहयोग स्वरुप एक थान एन नाइन्टीफाएप मास्क, एक पिस सेनीटाइजर र दश जोर ग्लोब्स प्रदान गरेको नगर प्रमुख आचार्यले बताए । उनका अनुसार मेचीनगरमा रहेर सञ्चार क्षेत्रमा आबद्ध सञ्चारकर्मीहरु सबैलाई सो स्वास्थ्य सामग्री प्रदान गरिने बताए ।

लकडाउनको समयमा पनि नागरिकलाई दिनरात नभनी सूचना प्रदान गर्न मेचीनगरका सञ्चारकर्मीहरुले उल्लेखिय भूमिका खेलेको भन्द्रै मेचीनगर उपप्रमुख मीना उप्रेतीले सञ्चारकर्मीको प्रशंसा गरीन् । साथै उनले नेपालमा पनि कोरोना संक्रमण बढीरहेको अहिलेको अवस्थामा सञ्चारकर्मीलाई सजक हुँदै आफ्नो कर्ममा लाग्न अनुरोध पनि गरिन् ।

Leave a Reply

Your email address will not be published.