काठमाडौं, जेठ ४ । सरकारले लकडाउनलाई १५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २० जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन ५ जेठमा सकिदै छ ।
यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन पुनः लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट देशका विभिन्न स्थानमा कोरोना संक्रमण देखिइरहेको र संक्रमितको मृत्युसमेत भएकाले लकडाउन अहिले खोल्न नहुने निष्कर्षमा समिति पुगेको एक मन्त्रीले जानकारी दिए ।

