विराटनगर, जेठ ४ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । प्रदेश १ को धनकुटा र मोरङका २ गरी ३ जनामा आइतबार कोरोना पुष्टि भएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ भने तीमध्ये १७ निको भएका छन् ।
साथै देशैभर भेटिएका संक्रमितको संख्या २९५ पुगेको छ । तीमध्ये ३६ जना निको भएका छन् भने भने दुई जनाको मृत्यु भइसकेको छ ।

