स्वास्थ्य

कुखुरा व्यवसायी संघको बृह्त सचेतना अभियान

झापा / जिल्ला कुखुरा व्यवसायी संघ झापाको आयोजनामा आज (शनिबार) एक दिने बृह्त सचेतना अभियान सञ्चालन भएको छ ।

जिल्ला भरि छरिएर रहेका लगभग पाँच सय साना तथा ठुला कुखुरा ब्यवसायीहरुको कार्यक्रममा सहभागीता थियो । सहभागी कुखुरा ब्यवसायीहरुले भानु टोल, सत्तिघट्टा रोड, बसपार्क, भट्टराई चोक लगायत काँकरभिट्टार बजार परिक्रमा गरेका थिए । परिक्रमामा प्रतिबन्धित भारतिय पंक्षीजन्य सामाग्री आयत बन्ध गरौं वर्डफ्लु रोगबाट देशलाई बचाउ भन्ने नारा सहित सर्वसाधारणलाई जानकारी गराएका थिए ।

मेची बस व्यवसायी संघको सभाहलमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले र विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले गरेका थिए ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरिक्षक कोमल ठाकुर, सशस्त्र प्रहरी बल काँकरभिट्टाका प्रहरी निरिक्षक दिव्यराज कोईराला, विभिन्न संघसस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकारलगायतको आतिथ्यता थियो ।

झापा जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत मन्तव्य संघका सदस्य निलु बहादुर कार्की र सञ्चालन प्रकाश ढुङ्गानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.