स्वास्थ्य

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि: नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौँ, जेठ २५ । नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ ।

थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।

आज दुई महिलासहित १०२ जना डिस्चार्ज हुनुभएको छ । योसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको छ। सङ्क्रमित जिल्ला ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.