राजनीति

नेकपा एमाले मेचीनगरको १२ वटा वडामा सर्वसम्मत नेतृत्व चयन, ३ वटा वडामा आज

मेचीनगर । नेकपा एमाले मेचीनगरको शनिबार सम्पन्न वडा अधिवेशनले नगरका १२ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ, भने३ वटामा सर्वसम्मत नेतृत्व चयन हुन सकेन ।

मेचीनगरको सर्ब सम्मत नेतृत्व चयन भएका वडाहरुमा वडा नं. १ को अध्यक्षमा भरत मोक्तान, वडा नं. ४ मा तीर्थराज नेपाल, वडा नं. ५ को अध्यक्षमा रविन राउत, वडा नं. ७ मा हाकिम प्रसाद तिम्सिना, वडा नं. ८ मा विष्णु भट्टराई र वडा नं. ९ मा कमलमणी पौडेल चयन भएका छन ।

त्यस्तै वडा नं. १० मा बलराम चिमरिया, वडा नं. ११ मा सागर ओली, वडा नं. १२ धन बहादुर तामाङ, वडा नं. १३ भोजराज पराजुली, वडा नं. १४ मा दुर्गा धमला र वडा नं. १५ मा मुरलीभर कोइराला वडा कमिटिको अध्यक्षमा चयन भएका छन ।

त्यसैगरी सर्बसम्मत नेतृत्व छनौट गर्न नसके पछि हिजो मेचीनगर वडा नं. २, ३ र ६ का वडा अधिवेशन आजसम्मका लागि स्थगित भएको र बाकी रहेका यी वडामा आज सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले बताए ।