स्वास्थ्य

एकैपटक २०१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं, जेठ २१ । नेपालमा आज एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतको कुल संख्या २३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज एकैपटक २०१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम ९ जनाको मृत्यु भएको छ भने २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.