झापा, असार १२ । सञ्जिवनी महिला कृषि सशक्तिकरण समूह कालीझोडा मेचीनगर–१२ का ४० जना उधमशिल महिलाहरुले बाख्रा र सुँगुरको पाठा पाएका छन् ।

उनिहरुलाई बिहिबार एक कार्यक्रमका बिच संजीवनी महिला कृषि सशक्तीकरण समुह मेचीनगरको आयोजनामा संघीय सांसद राम कार्की पार्थको पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त पाठाहरु हस्तान्तरण गरिएको हो ।
संजीवनी महिला बिकास संस्था मेचिनगर शाखाकी अध्यक्ष तथा महिला नेतृ रेणुका डॉगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघिय सांसद राम कार्की पार्थको तर्फबाट सिबु बुढाथोकी र प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको तर्फबाट अर्जुन पौडेल (नेकपा झापा जिल्ला कमिटी सदश्य) ले प्रतिनिधित्व गर्दै शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सस्थाका संरक्षक सदश्य रेवत दाहाललगायत मेचीनगर क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सञ्जिवनी महिला कृषि सशक्तिकरण समुहकी अध्यक्ष सिता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्थानिय किशोरीद्वय ईक्षा दाहाल र सोनम लामाले संयूक्त रुपमा संचालन गरेका थिए ।

