इलाम, असार १२ । इलाम जिल्ला अन्तर्गत चुलाचुली गाँउपालिकामा चुलाचुलि–१ कमल अवस्थित उन्नत धान उत्पादन ब्लक आयोजना ले आज सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

उन्नत धान उत्पादन ब्लक आयोजनाका संयोजक त्रीलोचन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रम लाई समितिका सचिव सुरेन्द्र भट्टराईले सन्चालन गर्नुभएको थियो । स्वागत मन्तब्य समितिका उपाध्यक्ष सुसिला लिम्बुले गर्नुभएको थियो ।
कार्यक्रम माट्याक्टर, रोडा भेटर, थ्रेसर, ट्रलि, सिँचाई मोटर, वोरिङ्ग सेट, एक पाङ्रे ट्रली, सिडविन त्रीपाल, जैविक विषादि–मल, उन्नत जातका धानको बिउएवम १०० वटा भकारी सुधार कार्यक्रम को लागी आवश्यक सामाग्री सिमेन्ट र टिना समेत गरी जम्मा ७० लाख बाराबर को कार्यक्रम मा जनचेतनासहकारी कृषी सहकारी संस्था बाट ५० प्रतिशत वराबर को रु ३५ लाख जम्मा गरी कार्यक्रम सम्पन्न गरिएको आयोजना सचिव सुरेन्द्र भट्टराई लेप्रष्टिकरण साथै जानकारी दिनुभयो ।

चुलाचुली गाँउपालिका प्रमुख प्रदिप चन्द्र राई ज्यु को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रम मा एक नम्वरवार्ड प्रमुख पुर्ण लाओतीको विशिष्ट अथितिको रुपमा उपस्थिती रहेको थियो भने अन्य अथितिको रुपमा चुलाचुली कृषी सेवा शाखाप्रतीनिधी पुर्णिमा राई,समाजसेवी गणेश फागो,एक नम्वर वडा सदस्यहरु चम्पासिङ फागो भावना तिरुवा, सिता लाओति, कल बाहदुर धिमाल, हरियाली कृषक समुहका अध्यक्ष तथा आर्गनिक उत्पादनका अभीयन्ता गौरिमान फागो,जनचेतना कृषी सहकारीका अध्यक्ष खड्ककुमार न्यौपानेलगायत अन्य को उपस्थिती रहेको थियो ।

यसै गरी हरियाली कृषक समुहाका अध्यक्ष गौरिमान फागो,एक नम्वर वार्ड सदस्यचम्पासिङ फागो, प्रमुख अथिती चुलाचुली गाँउपालिका प्रमुख प्रदिप चन्द्र राईले मन्तब्य राख्नु भएको थियो ।

