झापा, असार ११ । गत जेठ १० गते रुकुम पश्चिममा जातीय विभेदका कारण ६ जनाको ज्यान जाने गरी भएको नरसंहारबिरुद्ध झापाको धुलाबारीमा दिउसो सिट्ठी बजाएर प्रदर्शन गरिएको छ ।

बिहीबार धुलाबारी बजारमा जिल्लाका विभिन्न स्थानबाट मानिसहरु भेला भएर सुरु भएको प्रदर्शन कोण सभामा परिणत भएको थियो । दलित उत्थान समन्वय समिति मेचीनगरको आयोजनामा उक्त बिरोध प्रदर्शन गरिएको हो ।










