संघ \संस्था

मकै सघन बाली विकास समितिको सार्वजनिक सुनुवाई सम्पन्न

इलाम, असार ११ । इलाम जिल्ला स्थित चुलाचुली गाँउपालिकामा रहेको मकै सघन बाली विकास आयोजना समितिले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

चुलाचुली–१ कमल स्थित जनचेतना कृषी सहकारी संस्थाको कार्यलयमा सम्पन्न कार्यक्रम मा समितिले आफ्नो प्रगती विवरण प्रस्तुत गरेको थियो । मकै सघन बाली विकास आयोजाना समितिका अध्यक्ष लाल बाहदुर कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा स्वागत मन्तब्य समितिका उपाध्यक्ष विष्णुमाया सिटौलाले राख्नुभएको थियो ।

समितिले हाल सालै खरिद गरेको कृषी उपज पावर टिलर एक थान्, मकै रोप्ने मेसिन २० थान, एक पाङ्रे टली २० थान, घाँस काट्ने मेसिन ७ थान, मोटर ७ थान, साना सिँचाई बोरिङ्ग ५ थान, भकारो सुधार ५० थान, स्प्रे ट्याङ्की १०० थान, त्रिपाल २०० थान, जैविक मल, गोठे मल र मकैको बीउ लगायत अन्य कृषी उपज कृषक लाई वितरण गरिएको सचिव सन्तोष थाम्सुहङ जानकारी बताउनुभयो ।

चुलाचुली गाँउपालिका प्रमुख प्रदिप चन्द्र राईको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा एक नम्वर वार्ड अध्यक्ष पुर्ण लाओतीको विशिष्ट अथितिको रहेको थियो ।

कार्यक्रममा कृषी सेवा शाखा प्रतीनिधी पुर्णिमा राई, समाजसेवी गणेश फागो, उन्नत धान उत्पादन ब्लक आयोजना समितिका संयोजक त्रिलोचन गौतम, एक नम्वर वडा सदस्यहरु चम्पासिङ फागो, भावना तिरुवा, सिता लाओति, कल बाहदुर धिमाल्, हरियाली कृषक समुहका अध्यक्ष तथा आर्गनिक उत्पादनका अभीयन्ता गौरिमान फागो, जनचेतना कृषी सहकारीका अध्यक्ष खड्क कुमार न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.