खेलकुद

कतार विश्वकप फुटबलको मिति सार्वजनिक, नोभेम्बर २१ बाट सुरु हुने

काठमाडौं, साउन १ । कतारमा हुने विश्वकप फुटबल २०२२ को मिति सार्वजनिक गरिएको छ । फिफा विश्वकप कतारले बुधबार खेल तालिका सार्वजनिक गर्दै २१ नोभेम्बरबाट विश्वकप सुरु हुने जनाएको छ । कतार विश्वकपको उद्घाटन २१ नोभेम्बरमा अल बायत रंगशालमा हुनेछ ।

यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । प्रतियोगिताको समूह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन ।

कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन् । यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । एजेन्सी

Leave a Reply

Your email address will not be published.