स्वास्थ्य

इलाममा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि

नरेन इलामेली
इलाम, साउन १ ।
इलाममा बिहिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बिहीबार संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाका रहेका छन् ।

इलाम नगरपालिका ८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको इलाम स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका छ जना मध्ये पाँच जना विदेशबाट आएका र एक जना क्वारेन्टाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी रहेका छन्। संक्रमण पुष्टि भएकाहरु २ जना भारत , १ जना कुवेत, १ जना कतार र १ जना ग्रीसबाट आएर जिल्ला समन्वय समन्वय समितिको क्वारेन्टाइनमा बसेका थिए । नेपाली सेनाका जवाान भने क्वारेन्टाइनको सुरक्षार्थ खटिएका थिए ।

कोरोनाको संक्रमण पुष्टि भएकाहरुलाई मोरङको गोठगाउँ स्थित कारोना अस्पताल लगिँदेै छ । बिहीबार ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएसाँगै इलाममा संक्रमितको संख्या २२ पुगेको छ भने ११ जना उपचार पछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.