साहित्य

कविताः हिमाल

प्रितिका सुबेदी (कमल गाउँपालिका, झापा)

यो मेरो मन हिमाल चुली डुलेर आएको
प्रकृति शान्त स्वर्गको झल्को यहीँ छ पाएको

लालुमा पाते फूलेका फूल डाँफे छ नाचेको
दाँतको सोभा देखाई हाम्रो हिमाल हाँसेको

शीरमा सफा चाँदिको ओडने ओडेर रहेकि
घामको राप तापले होला पग्लेर बहेकी

सबैमा उच्च बनेर जाने सन्देश दिएकी
तिमीले सदा सफा र स्वच्छ बाटो छौ लिएको

अटल तिम्रो रुप यो देख्दा सहास आउँछ
कविले पनि सम्झेर तिमी गीत यो गाउँछ

हिमाल हाम्रो सान हो बुझि गाथा यो गाऊन
हिमाल जस्तै विचार बोकी नेपाली आऊन ।।

Leave a Reply

Your email address will not be published.