मेचीनगर । पाँचौँ मेचीनगर गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, भारत र उज्बेकिस्तानको फुटबल क्लब सहभागिता रहने पाँचौँ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फागुन २४ गते हुने उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच प्रतिष्पर्धा हुने भएको छ । गोल्डकपको दोस्रो दिन फागुन २५ गते ए डिभिजन Read More…
Author: हाम्रो खबरपाटी
परीक्षा आयो ‘हाम्रो मेचीनगर’ पुस्तक आएन
मेचीनगर । परीक्षाको मिति नजिकिएको छ तर मेचीनगरका विद्य्यार्थीले पुस्तक भने अझै पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र बिद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक Read More…
झापा गोल्डकप र झापा एफसीबीच सहकार्य गर्ने सम्झौता
झापा । नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको गोल्डकप आयोजक समितिले नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग फुटबल खेलको विकासका लागि सम्झौता गरेको हो । सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको Read More…
बाहुण्डाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिता (भिडियो सहित)
मेचीनगर । बाहुण्डाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिता हुने भएको छ । आज बाहुण्डाँगी युवा क्लबले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएको हो । क्लबका सदस्य एवम् क्रीकेट प्रतियोगिताका संयोजक प्रविण भण्डारीले भारतका २ र नेपालका १० वटा टिमसहित १२ वटा टिम सहभागी हुने बताए । नकआउट प्रतियोगिताबाट हुने Read More…
ग्रामीण अपाङ्गता पुनर्स्थापना समितिद्वारा अपाङ्गता जनचेतना क्षमता विकास कार्यक्रम सम्पन्न
मेचीनगर । ग्रामीण अपाङ्गता पुनर्स्थापना समिति मेचीनगरद्वारा अपाङ्गता जनचेतना क्षमता विकास कार्यक्रम तथा १३ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । संस्थाले आइतबार मेचीनगर १४ स्थित वडा कार्यालय परिसरकाे सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पुर्व सूचना तथा सञ्चार मन्त्री राम कार्की (पार्थ) ले प्रत्येक मानिसको क्षमता फरक फरक Read More…
मेचीनगर गोल्डकपद्वारा कोशी प्रदेश स्तरिय क्रिकेट खेल्ने झापाली टिमलाई बिदाई
मेचीनगर । मेचीनगर गोल्डकपले कोशी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी हुने झापा जिल्लाका क्रिकेट टिमलाई बिदाई गरेको छ । आइतबार (आज) काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरद्वारा सञ्चालन हुन गइरहेको पाँचौ मेचीनगर गोल्डकपको सचिवालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच झापाली क्रिकेट टोलीलाई अग्रिम विजयीको शुभकामना सहित बिदाई गरिएको हो । खेलाडी बिदाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचीनगर Read More…
धुलाबारी खानेपानी उपभोक्ता समितिको २४ औं बार्षिक साधारण सभा सम्पन्न
धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार धुलाबारीस्थित पासाङ ल्हामु स्मृति भवन टाउन हलमा संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको हो । २०५२ सालमा स्थापना भएको यस संस्थाले धुलाबारी बजार मात्रै नभएर मेचीनगरका ९, १०, ११, १४ र १५ नं वडा लगायतका क्षेत्रका भागहरुमा स्थानीयलाई शुद्ध Read More…
काँकरभिट्टामा भव्यताका साथ मनाइयो ग्याल्बो ल्होसार
मेचीनगर । मेचीनगरमा शेर्पा समुदायले नयाँ वर्षका रुपमा २१५२ औं ग्याल्बो ल्होसार भव्यताका साथ मनाएका छन् । नेपाल शेर्पा संघ मेचीनगर समितिले काँकरभिट्टा स्थित मेची सामुदायिक भवनमा भव्यताका साथ पर्व मनाएको हो । नयाँ पुस्तालाई पर्वको महत्व बारे बुझाउँदै संस्कृतिबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाल शेर्पा संघ मेचीनगरका अध्यक्ष पासाङ शेर्पाले बताए Read More…
राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीद्वारा नेपालको सिमा स्तम्भहरू अनुगमन
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले नेपालको पुर्वी सिमा स्तम्भहरू अनुगमन गरेको छ । देशको सार्वभौमिकता प्रति चासो राख्दै राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले शनिबार मेची नदि संगै रहेका नेपाल- भारत छुट्याउने सिमा स्तम्भहरूको अनुगमन गरेको हो । राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटी सदस्य रविनशन थापामगरको प्रमुख आतिथ्यमा सञ्चालन भएको Read More…
सबैले आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्छ : उपसभामुख रानामगर
झापा । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सबैले आफ्नो कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएकी छिन् । झापाको मेचीनगरमा आज आयोजित ४३ औं राष्ट्रिय मगर एकता दिवस समारोहमा बोल्दै उनले बहुभाषि, बहुजाति र भिन्न भिन्न कला संस्कृतिको धनी देश नेपालमा सबै समुदायले आआफ्नो कला संस्कृति र धर्मको जगेर्ना गर्नुपर्ने बताइन् । जुनसुकै देश पनि समृद्धि बन्नका लागि Read More…










