चारआली । चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरियाले १ सय दिने योजना अघि सारेका छन् । आज निर्वाचनपछि सपथ ग्रहणपछि बोल्दै उनले सय दिने अभियान शुरु गरेका हुन् । पहिलो प्रयासमा समाजका प्रतिष्ठित बौद्धिक ब्यक्तीहरुको सल्लाहकार समिति गठन गर्ने, सय दिनभित्र नयाँ ट्याङ्की निर्माणका लागि जग्गाको ब्यवस्थापन गर्ने, पानी चुहावटलाई Read More…
Author: हाम्रो खबरपाटी
मेचीनगर प्रमुखले चलाए डोजर, अब सरकारी जग्गा हडप्नेलाई नगरपालिकाले नछाड्ने (भिडियो सहित)
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्नेमाथि डोजर चलाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले आज सरकारी स्वामित्वमा रहेको तर, नकलबन्दा टि-स्टेटले बर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेकाे दस बिगाहा बढी सरकारी जग्गा आफ्नो पकडमा ल्याएको हो । सरकारी स्वामित्वमा रहेको भएता पनि बर्षौदेखि मेचीनगर ५ स्थित प्राइभेट Read More…
प्याब्सन मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनवाट २० मतका साथ उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमल भेट्वालले १५ मत मात्र ल्याएका छन् । मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा सम्पन्न तेस्रो अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन सम्पन्न भएको थियो । जसको उपाध्यक्षमा Read More…
चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए Read More…
खुदुनाबारी गोल्डकपको फाइनल आज, मेचीनगरको सामना गर्दै शिवसताक्षी
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आज उपाधिका लागि चौथो खुदुनाबारी गोल्डकपको फाइनल खेल खेल्दै छ । अर्जुनधारा ३ खुदुनाबारी स्थित कैदले प्राकृतिक रंगशालामा जारी गोल्डकपमा मेचीनगरले आज उपाधिका लागि शिवसताक्षी नगरपालिकासंग प्रतिष्पर्धा गर्दै छ । गोल्डकपमा तहल्का मच्चाई रहेको मेचीनगर उच्च मनोबलका साथ उपाधि आफ्नो पोल्टामा पार्न मैदान उत्रने छ । यता शिवसताक्षी पनि प्रतियोगिताको Read More…
दुर्गा प्रसाईं प्रकाउ, उनीमाथि कीर्ते र साइबर अपराधको मुद्दामा अनुसन्धान हुने
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रसाईंलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी Read More…
“बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता” हुने
बिर्तामोड । झापा ११ फुटबल क्लबले स्थापनापछि दोस्रोपटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो । क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । प्रतियोगिता Read More…
मेचीनगर खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश, हारसंगै भद्रपुर बाहिरियो
अर्जुनधारा । मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो । मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रीक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं Read More…
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइगत साधारण सभा सुरु
मेचनिगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं वार्षिक साधारण सभा अन्तर्गत एकाइगत साधारण सभा आइतबारदेखि सुरु भएको छ । आइतबार मेची एकाइ अन्तर्गत मेचीनगर – ८ स्थित किराँत याक्थुङ् चुम्लुङ्गको भवनमा सभा सम्पन्न भयो । इटाभट्टा सेवा केन्द्रका संयोजक कुमार ठाकुरको सभापतित्व एवम् मेचीनगर– ८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख Read More…
हडिया खोला पुलको समस्या समाधानका लागि मेचीनगर प्रमुख बुढाथोकीले गरे अनुगमन
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको पुलको दक्षिण भाग भत्किएर सवारी आवागमनमा समस्या उत्पन्न भएपछि, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले पुलको अनुगमन गरेका छन्। मेचीनगर प्रमुख बुढाथोकीले चासो दिँदै आज भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालयका प्रमुख तथा प्राविधिकहरूसहित टोली फिल्डमा नै पुगेर स्थलगत रूपमै समस्या समाधानका लागि छलफल गरिएको Read More…










