मेचीनगर । ह्याप्पी क्लब काँकरभिट्टा झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा झापा एफसी राजगढलाई ४-३ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फाइनल प्रवेश गरेसंगै ह्याप्पी क्लबले ५१ हजार १११ रूपैयाँ सुरक्षित समेत गरेको Read More…
खेलकुद
प्रथम इँटाभट्टा फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज, झापा एफसी र ह्याप्पी क्लब भिड्दै
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल हुँदैछ । आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा झापा एफसी राजगढ र ह्याप्पी क्लब काँकरभिट्टा आमनेसामने हुँदैछन् । प्रतियोगिताको उपाधी होडमा रहेका यी दुई टिमबिच निकै रोमान्चक खेल हुने आयोजक इँटाभट्टा फुटबल क्लबका उपाध्यक्ष रमेश धिमालले जानकारी दिए Read More…
रोलिङ च्यालेन्ज कप: सम्राट स्पोर्टिङको सुकुना युनाइटेड भारतमाथि सहज जित
मेचीनगर । छरितो र उत्कृष्ट खेल खेलेको मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीमाथि सहज जित निकाल्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो । सम्राटले पश्चिम बंगालको सुकुनालाई Read More…
चन्द्रगढीलाई पराजित गर्दै आयोजक इँटाभट्टा सेमिफाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ब्रदर्श युनाइटेड चन्द्रगढीलाई ट्राइब्रेकरमा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिमबाट निर्धारित समयमा समान २/२ गोल भएपछि खेलको नतिजा ट्राइब्रेकरबाट लिइएको थियो । जसमा आयोजकले ३-१ गोलअन्तरले बाजी मार्यो । अत्यन्तै प्रतिष्पर्धात्मक Read More…
डि एफसीलाई पराजित गर्दै ह्याप्पी क्लव सेमिफाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ह्याप्पी क्लव काँकरभिट्टाले विजयी सुरुवात गरेको छ । आज सम्पन्न खेलमा डि एफसी क्लब बाहुण्डाँगीलाई ४-२ गोल अन्तरले पराजित गर्दै ह्याप्पी क्लवले अन्तिम चारको यात्रा तय गरेको हो । इँटाभट्टा फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको जिल्ला स्तरिय फुटवल प्रतियोगिताको विजेता टिमले नगद Read More…
रोलिङ च्यालेन्जकप: एपिएफलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश
मेचीनगर । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकाल्यो । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले Read More…
गोर्खा ब्वाइज भारतलाई पराजित गर्दै झापा एफसी सेमिफाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा आजदेखि सुरु प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा झापा एफसीले विजयी सुरुवात गरेको छ । पाहुना टोली भारतको गोर्खा ब्वाइज सिलोङलाई पराजित गर्दै झापाले सेमिफाइनल यात्रा तय गरेको हो । एफसी इँटाभट्टाको आयोजनामा भएको उद्घाटन खेलमा झापा एफसीले २-१ गोलअन्तरमा पाहुना टोलीको चुनौती समाप्त पारेको हो । झापाका Read More…
आठौँ रोलिङ च्यालेन्जकपको तयारी पूरा
मेचीनगर । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकपको तयारी पूरा भएको छ । क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङका अनुसार खेलमैदान मर्मतको काम सकिएको छ भने मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम पूरा भएको छ । दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । स्टेज निर्माण पनि सकिएको Read More…
“आठौं रोलिंग च्यालेन्ज कप २०८१” कात्तिक ३ देखि धुलाबारीमा
मेचीनगर । झापाको धुलाबारीमा अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल खेलमा सक्रिय जिल्ला कै पुरानो क्लब रोलिंग क्लब धुलाबारीको आयोजनामा आगामी कात्तिक ३ गतेदेखि १० गतेसम्म “अन्तराष्ट्रिय आमन्त्रण आठौं रोलिंग च्यालेन्ज कप २०८१” सञ्चालन हुने भएको हो । पुर्वी नेपालको चर्चित क्लबहरू सहभागी रहने प्रतियोगितामा छिमेकी मुलुक भारतबाट समेत टिम सहभागी Read More…
नेपालद्वारा ओमान ५६ रनले पराजित
काठमाडाैं । क्यानडामा जारी त्रिकाेणात्मक टी-२० क्रिकेट सिरिजकाे आफ्नाे चाैथाे तथा अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेकाे छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे लक्ष्य पछ्याएकाे ओमानले १७ ओभर ५ बलमाअलआउट हुँदै १ सय १ रन मात्र बनाउन सक्याे । उसका Read More…










