मेचीनगर । झापाको मेचीनगर नगरपालिका अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा इलामको माई नगरपालिकालाई ८-१ गोल अन्तरले पाखा लगाउँदै मेचीनगर प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । सुरूवाती चरणदेखि माइ नगरपालिका माथी हावी भएको मेचीनगरले खेलको पहिलो हापमा नै ३ गोल लगाएको थियो Read More…
खेलकुद
मेचीनगरद्वारा खुदुनाबारी गोल्डकप खेल्ने टिमलाई बिदाई
मेचीनगर । झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपमा सहभागी नगरको टिमलाई शुभकामना सहित बिदाई गरिएको छ । बिहिवार एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, मेचीनगर खेलकुद विकास समिति संयोजक हृदय राजवंशी, उपाध्यक्ष रविन ओझालगायतले खेलाडीलाई बिदाई गरेका हुन् । मेचीनगरले गोल्डकपको Read More…
खुदुनाबारी गोल्डकप : शिवसताक्षी नगरपालिका सेमीफइनलमा प्रवेश
अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो । Read More…
उपाधि जित्ने नेपालको धोको अधुरै, बाङ्लादेशसँग २–१ ले पराजित
काठमाडाै । बाङ्ग्लादेशले पुनः नेपालको उपाधि जित्ने सपना चकनाचुर पार्दै दशरथ रङ्गशालामा उपस्थित १५ हजार बढी दर्शकमाँझ नेपाललाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधिमा कब्जा जमायो। १२ औँ पटक अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेले पनि हरेक पटक पराजित हुँदा नेपाली खेलाडीहरूमा चरम निराशा देखिएको थियो। महिला साफ च्याम्पिएनसिपकाे सात संस्करण मध्ये नेपालले ६ संस्करणको फाइनल खेलेको थियो।समग्रमा Read More…
साफ महिला च्याम्पियनशिप : उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्दै
काठमाण्डौं । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० Read More…
प्रथम इँटाभट्टा फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबलाई
मेचीनगर । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा सम्पन्न प्रथम इँटाभट्टा फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लब काँकरभिट्टाले जितेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको फाइनल खेलमा आयोजक इँटाभट्टा फुटबल क्लबलाई सडनडेथमा पराजित गर्दै ह्याप्पी क्लब काँकरभिट्टाले उपाधि चुमेकाे हो । शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजकका निशान लिम्बूले ३५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, Read More…
रोलिङ च्यालेन्ज कप: आयोजक फाइनलमा प्रवेश
मेचीनगर । आयोजक क्लब धुलावारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।दा बुधवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सम्राट स्पोटिङ क्लब विराटनगरमाथि ३÷१ गोल अन्तरको सहज जित निकाल्दै रोलिङले फाइनलको यात्रा तय गरेको हो । खेलको १५ औँ मिनेटमा रोलिङ क्लबका रोहन कार्कीले पहिलो गोल Read More…
आयोजक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश
मेचीनगर । शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै आयोजनक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा ३-२ गोल अन्तरले शनिश्चरेलाई पाखा लगाउँदै आयोजकले फाइनल यात्रा तय गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा सुरूवाती अग्रता भने शनिश्चरेले Read More…
फाइनल प्रवेशका लागि आज आयोजक र शनिश्चरे एफसी भिड्दै
मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् । आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले Read More…
रोलिङ च्यालेन्ज कप: पुलिसलाई हराउँदै रेड हर्स सेमिफाइनलमा
मेचीनगर । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेड हर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी पुलिस क्लबमाथि इलामे टोली रेड हर्स एफसीले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । रेड हर्सले टाइब्रेकरमा पुलिसलाई ३–१ गोल अन्तर Read More…










