खेलकुद संघ \संस्था

मेचीनगरद्वारा क्रिकेट खेलाडीलाई बिदाई

मेचीनगर । मेचीनगर नगरपालिकाले जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी जनाउने मेचीनगरकाे क्रिकेट खेलको टिमलाई शुभकामना सहित बिदाई गरेको छ । आज नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहितको टोलिले बुद्धशान्ति गाउँपालिकामा हुने जिल्ला स्तरिय अन्तर पालिका क्रिकेट प्रतियोगितामा सहभागी जनाउने अभ्यास तिम्सिनाको कप्तानी लाक्पा लामाको कोच तथा बरदान खड्का म्यानेजर रहेको मेचीनगरकाे Read More…

खेलकुद

स्व. पवनकुमार खड्काको स्मृतिमा नकलबन्दामा फुटबल प्रतियोगिता हुने

मेचीनगर । नकलबन्दामा स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा हुने आयोजक नकलबन्दा समाज विकास समितिले जनाएको छ । प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास Read More…

खेलकुद

कन्भेन्ट इङ्लिस स्कूलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न, उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान

धुलाबारी । धुलाबारी स्थित कन्भेन्ट इङ्लिस स्कुलले वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । माघ २३ गते देखि सुरु भएको खेलकुद कार्यक्रममा विद्यालयले दौड, व्याडमिन्टन, टीटी, भलिवल, कवडी, फूटबल लगायतका खेल सम्पन्न गरेको हो । विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीको सभापत्वि तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले बिभिन्न खेलमा Read More…

खेलकुद

क्यानडाविरुद्ध नेपाल सात रनले विजयी

काठमाडौं । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो । क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेले । यस्तै Read More…

खेलकुद

छैटौँ झापा गोल्डकपलाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने

बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल Read More…

खेलकुद

केर्खा पब्लिक बोर्डिङ स्कूलको स्पोर्टस् मिट २०८० सम्पन्न

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक बोर्डिङ स्कूलको स्पोर्टस् मिट २०८० सम्पन्न भएको छ । विद्यायलले वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु आयोजना गरेको थियो जसमा यल्लोे हाउस प्रथम भएको छ । उसले २५ स्वर्ण, २६ रजत र ३० कांस्य सहित ८१ अंक प्राप्त गर्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो । Read More…

खेलकुद

झापा गोल्डकप : सबैको सहभागिता, अपनत्व र अक्षयकोषका विषयमा छलफल

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको झापा गोल्डकपले झापाका इन्जिनियरहरुसँग छलफल गरेको छ । आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको तयारी तथा हालसम्मको प्रगतिका बारेमा आज बिर्तामोडस्थित गोल्डकपको सचिवालयमा बृहत छलफल भएको हो । गोल्डकपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । झापा गोल्ड कप यही फागुन १९ Read More…

खेलकुद

फागुन १९ देखि छौटौं संस्करणको झापा गोल्डपक हुँदै, विजेता टिमले १३ लाख पाउने

बिर्तामोड । झापाको विर्तामोडमा आगामी फागुन १९ गतेदेखि २८ गते सम्म छौटौं संस्करणको झापा गोल्ड कप आयोजना हुने भएको छ । आयोजकले मंगलबार बिर्तामोडको अतिथि सदनमा पत्रकार सम्मेलनमा आयोजना गरेर गोल्डकप आयोजना र त्यसको तयारीका बारेमा जानकारी गराएको हो । झापा गोल्डकपको आयोजनामा हुने उक्त प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फूटवल क्लव सहित नेपालका ७ Read More…

खेलकुद

आइसीसी यु-१९ विश्वकप अन्तर्गत आज नेपालले पहिलो खेल न्यूजिल्याण्डविरुद्ध खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसंग खेल्न प्रतियोगीताको सुरुवात गर्न लागेको हो । हेड टु हेडका आधारमा नेपाल र न्षुजिल्याण्ड विच Read More…

खेलकुद

क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर  लामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश सुनाएको हो । जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहराएपछि क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको Read More…