मेचीनगर । मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आज झापा जिल्ला क्रिकेट संघको कार्यालय इटाभट्टामा Read More…
खेलकुद
यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको छ । आज भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको हो । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो Read More…
एसीसी प्रिमियम कप : नेपाल-यूएईको बाँकी खेल आज
काठमाडौं । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण प्रभावित बनेको नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको बाँकी फाइनल खेल आज हुँदैछ । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट खेल पुन सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएई नेपाली Read More…
अन्तरवडा क्रिकेटको उपाधि भद्रपुर-८ लाई
झापा । झापाको भद्रपुरमा सम्पन्न अन्तरवडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ । भद्रपुर बल ब्लास्टर क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएको फाइनल खेलमा अंकित सुवेदीको उत्कृष्ट प्रदर्शनसँगै वडा नम्बर ५ लाई सहजै हराउँदै वडा नम्बर ८ ले उपाधि हात पारेको हो । पहिला ब्याटिङ रोज्दै वडा नम्बर ८ ले निर्धारित Read More…
एसीसी प्रिमियम कपको फाइनल आज, नेपाल र युएई भिड्दै
काठमाडौं । एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बिहान ९ बजे भिड्दैछन् । शनिवार भएको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल फाइनलमा आएको हो भने युएई ओमानलाई हराउँदै यहाँसम्म आइपुगेको हो । जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ Read More…
प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई
बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो । निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि Read More…
एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा
काठमाडौं । एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो । मुलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भयो। जसका कारण यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो। पहिले ब्याटिङ गरेको युएई Read More…
फाइनल प्रवेशका लागि नेपाल र कुवेत भिड्दै
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज (शनिबार) घरेलु टोली नेपालले कुवेतको चुनौतीको सामना गर्दै छ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेकाे नेपाल आज कुवेतविरुद्ध मैदान उत्रिदा पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र Read More…
नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया
झापा । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तीन वर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा खेलकुद पत्रकार मञ्चले नयाँ नेतृत्व पाएको हो । यस्तै, मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र Read More…
धुलाबारीमा भोलिदेखि अन्तर वडा फुटसल प्रतियोगिता हुँदै
मेचीनगर । नयाँ वर्षको अवसर पारेर मेचीनगरको धुलाबारीमा हुन लागेको मेचीनगरस्तरीय अन्तरवडा फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । आज आयोजक धुलाबारी फुटसल एरिनाले पत्रकार सम्मेलन गरेर भोलिबाट सुरु हुने प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजक तथा एरिनाका सञ्चालक विवेक बस्नेतका अनुसार प्रतियोगितामा मेचीनगरका १० वटा वडाको सहभागिता रहनेछ । मेचीनगर–२, ३, ४, ५ र Read More…








