भद्रपुर । भद्रपुर झापा गोल्डकपले मेची रङ्गशालामा सञ्चालित प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ। गोल्डकप कार्य समितिको रङ्गशालास्थित सचिवालयमा आइतबार बसेको बैठकले हालसम्मको रुपैयाँ २ करोड ६३ लाख ९७ हजार ७ सय १३ आय र रुपैयाँ २ करोड १९ लाख ३८ हजार ४ सय रुपैयाँको व्ययलाई अनुमोदन गरेको छ। Read More…
खेलकुद
भद्रपुर झापा गोल्डकपले जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने
भद्रपुर । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । गोल्डकप कार्यसमितिको आज मेची रंगशाला चन्द्रगढीमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको हो । गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको Read More…
खेलकुद पत्रकार मञ्चको अधिवेशन बैशाख ९ मा
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अधिवेशन यही बैशाख दोस्रो साता हुने भएको छ । मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते शनिबार गर्ने निर्णय गरेको अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अधिवेशनले तीन बर्से कार्यकालका लागि नयाँ समिति चयन गर्नेछ । मञ्चको अधिवेशन Read More…
जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीलाई
झापा । जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिताको उपाधि राजन सुवेदीले जितेका छन् । झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा खानेपानीको सभाहलमा बिहिवार सम्पन्न प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसंगै उनले नगद २५ हजार नगद सहित ट्रफि प्राप्त गरे । प्रतियोगितामा प्रकाशचन्द्र नेपाल दोस्रो भए । त्यस्तै विकास मैनाली तेस्रो र रिसोन थापा चौथो भए । उनीहरुले Read More…
सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीलाई
झापा । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । झापाको विर्तामोड–२ स्थित चारपानेमा मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार Read More…
अन्तरपालिका कर्मचारी फुटबल : उपाधिका लागि मेचीनगर र शिवसताक्षी भिड्ने
झापा । झापाको बिर्तामोडमा जारी अन्तरपालिका फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा बाह्रदशी गाउँपालिकालाई ३–० गोलअन्तरले हराउँदै मेचीनगर फाइलनमा प्रवेश गरेको हो । मेचीनगर सामु बाह्रदशीको प्रदर्शनी फितलो रह्यो । प्रतियोगितामा आक्रमक बनेको मेचीनगरको जितका लागि खेलको ९ औं र २५ औं मिनेटमा रोजित अलिले २ गोल गरे । Read More…
सहारा हाफ म्याराथनको तयारी पूरा
बिर्तामोड । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ । आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ Read More…
सहारा नेपालको स्थापना दिवशमा हाफ म्याराथन
झापा । सहारा नेपाल साकोसले २८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवसको अवशरमा यही चैत २१ गते २१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथन हुन लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता Read More…
इन्डो–नेपाल भेट्रान्स फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर । तेस्रो संस्करणको इन्डो–नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लबले उचालेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पाहुना टोली फ्रिडम फाइटर युथ क्लब काठमाडौँलाई २-० गोल अन्तरले हराउँदै बिर्तामोडले उपाधि रक्षा गरेको हो । उपाधिसँगै बिर्तामोडले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा सीमित Read More…
इन्डो–नेपाल भेट्रान्स फुटबलः उपाधिका लागि आज बिर्तामोड र काठमाडौँ खेल्दैं
मेचीनगर । मेचीनगरको काँकरभिट्टामा भइरहेको तेस्रो संस्करणको इन्डो–नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधिका लागि आज बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लब र फ्रिडम फाइटर युथ क्लब काठमाडौँ प्रतिस्पर्धा गर्दैछन् । मोफसल लगायत काठमाडौँमा समेत च्याम्पियन बनिसकेको बिर्तामोड काँकरभिट्टामा पनि काठमाडौँलाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा छ । काठमाडौँ भने स्थानीय टोलीलाई पराजित गर्दै उपाधि लैजाने लक्ष्यका साथ Read More…










