काठमाडौं, चैत १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षलेपनि समानान्तर कमिटी विस्तार गरेको छ । समानान्तर कमिटी अन्तरगत प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई Read More…
राजनीति
एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने तयारी
काठमाडौं, फागुन २८ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको बताउनुभयो । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो । Read More…
नेपाल महिला संघ चुलाचुलीकाे अध्यक्षमा खड्का
चुलाचुली, फागुन २७ । नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल महिला संघ चुलाचुलीकाे समायोजन कार्यक्रम सम्पन्न भएको छ। संघको समायोजन समितिमा राजकुमारी खड्काको नेतृत्वमा १३ सदस्यीय नंया समिति चयन भएको छ । संघको उपाध्यक्षद्वयमा रमा फ्याक लिम्बू र कल्पना राई फागो, सचिवमा शर्मिला ईजम, सहसचिवमा बिष्णाु गजमेर, कोषाध्यक्षमा सान्ताकला राई चयन भएका छन् । सदस्यहरूमा बबिता देवान, Read More…
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश १ सरकार सुरक्षित
विराटनगर, फागुन २५ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेश १ सरकार सुरक्षित भएको छ। सर्वाेच्चको परमादेशसँगै एमाले र माओवादी केन्द्रका प्रदेश सांसद्हरूले आ–आफ्नै पार्टीमा फर्किने भएपछि एमालेका शेरधन राई नेतृत्वको सरकार बहुमतमा पुगेको हो। यसअघि साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर सांसद्हरूले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि Read More…
अब धुम्बाराही पूर्ववत् एमालेको मुख्यालय
काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र Read More…
अब एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने
काठमाडौं, फागुन २४ । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए । औपचारिक निर्णय आउन भने बाँकी नै Read More…
म नेकपाको साधारण सदस्य पनि होइन : प्रधानमन्त्री ओली
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेकपाको साधारण सदस्य पनि नरहेको बताएका छन् । उनले आफू कुन पार्टीको हो भनेर सोध्न सर्वोच्च अदालत जान प्रचण्ड-माधव समूहलाई सुझाव दिए । ‘हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधेको सुनेँ, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको हो ओलीले भने, ‘मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या Read More…
सूर्य चिन्ह औपचारिक रुपमै केपी ओलीलाई
काठमाडौं, फागुन २३ । सर्वाेच्च अदालतको फैसलासँगै सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको पार्टीले पाएको छ । सूर्य चिन्ह कसले पाउने भन्ने धुमधाम लडाई चलिरहेको थियो । यो लडाईंको निराकरण फरक ढंगले भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र दुई पार्टीको एकीकरण भंग भएसँगै दुवै पार्टी पूरानै अवस्थामा फर्किएका छन् । पूरानो अवस्थामा फर्कनासाथ Read More…
सर्वोच्चले ब्युँताइदियो एमाले र माओवादी केन्द्र, अब १२१ र ५३ को हैसियतमा
काठमाडौं, फागुन २३ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दै बनेको नेकपा खारेज भएको छ । पार्टी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलाले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेसँगै अव उनीहरु पूर्ववत अवस्थामै फर्किने वा पुन प्रक्रिया पुर्याएर पार्टी एकता गर्ने विकल्प रोज्न बाध्य भएका छन् । पूर्ववत भन्नाले नेकपा एमाले र माओवादी Read More…
‘नेकपा’ नाम को मुद्दा ऋषि कट्टेलले जिते, ओली–प्रचण्डको खारेज
काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल Read More…










