राजनीति

प्रधानमन्त्री ओली एक्कासी वामदेव गौतमको निवासमा किन पुगे ?

काठमाडौं, फागुन २१ । प्रतिनिधिसभाको बैठक बस्न दुई दिन मात्र रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्। आइतबार संसद बैठक बस्नु अगाडी ओली राजनीतिक परामर्शमा जुटेका हुन्। शुक्रबार साँझ ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निवासमा पुगेका छन् । बालुवाटार निकट श्रोतका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको Read More…

राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन, आफ्नो पक्षमा ११४ सांसद रहेको दाबी

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकबाट अध्यक्ष प्रचण्ड दलको नेता चयन भएका हुन् । प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । सांसद सोमप्रसाद पाण्डेले संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर Read More…

राजनीति

२ वर्षपछि सार्वजनिक भएका विप्लवले प्रधानमन्त्रीसँगै उभिएर यसो भने

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले ३ बुँदे सहमतिमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको भन्दै आशंका र कुतर्क नगर्न अनुरोध गरेका छन् । यसअघि पनि प्रधानमन्त्रीसँग आफ्नो कुरा भइरहेको भन्दै उनले भने- ‘नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउनेबारे हाम्रो छलफल चलेको थियो । नेपाली समाजको रुपान्तरण हुँदै आएको Read More…

राजनीति

सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर

काठमाडौं, फागुन २१ । सरकार र नेकपा विप्लव समूहबीच सहमतिमा हस्ताक्षर भएको छ  । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा सरकारी वार्ताटोली प्रमुख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवसमूह वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच  हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध फुकुवा गर्ने, Read More…

राजनीति

प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–नेपाल समेतलाई निम्तो

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकका लागि प्रचण्ड–माधव नेपाल पक्षसहित १७३ जना सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले नेकपाका सबै सांसदहरुलाई ‘एसएमएस’ पठाइएको बताए । सरकारले फागुन २३ गते Read More…

राजनीति

खुला राजनीतिमा आयो विप्लव समूह

काठमाडौं, फागुन २१ । हिंसात्मक राजनीतिको बाटो समातेको नेत्रविक्रम चन्द विप्लव समूह अब खुला राजनीतिमा आएको छ । सरकारसँगको वार्ता सफल भएपछि विप्लव समूहमाथिको प्रतिबन्ध पनि फुकुवा भएको छ । जसले विप्लव समूहलाई खुला राजनीतिमा प्रवेश गर्नलाई मार्ग प्रसस्त गरिदिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै Read More…

राजनीति

सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, फागुन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहीवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्‍ने बैठकले भोलि शुक्रवार बस्ने संसदीय दलको बैठकका एजेण्‍डा तय गर्ने कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । Read More…

राजनीति

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति, विप्लव भोलि सार्वजनिक हुने

काठमाडौं, फागुन २० । । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएपछि उनी सार्वजनिक हुन लागेका हुन् । भोलि दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बधोन गर्नेछन् । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति जुट्यो Read More…

राजनीति संघ \संस्था

नेकपा नामको विवादमा फैसला आउने मिति सर्‍यो

काठमाण्डौं, फागुन २० । आज देशभरका अदालतहरु बन्द भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय भएसंगै अदालतहरु बन्द भएका हुन् । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत Read More…

राजनीति

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटायो

काठमाडौं, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । बैठकले सचेतकबाट शान्ता चौधरीलाई हटाएको छ । त्यस्तै बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, Read More…