राजनीति

अब एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने

काठमाडौं, फागुन २४ । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।

पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र  माओवादी केन्द्र अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए ।

औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले  सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।