काठमाडौं, साउन ६ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३८औं स्मृति दिवस आज मनाइँदैछ । बीपीको स्मृतिमा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बीपि संग्रहालय सुन्दरीजल क्षेत्रमा वृक्षारोपण कार्यक्रम राखेको छ । कोइराला २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई Read More…
राजनीति
नेताहरू आन्तरिक किचलोमा अल्झिएका कारण पार्टीको जनवर्गीय संगठन अस्तव्यस्त : अनेरास्ववियू नेत्री लामा
काठमाडौं, साउन ५ । सत्तारुढ दल नेकपाको महाधिवेशनको चर्चा चली रहेको बेला अनेरास्ववियू नेत्री आरती लामाले महाधिवेशन पुर्व सबै जनवर्गीय संगठन र मातहतका पार्टी कमिटी सबैको अधिवेशन गर्नु पर्ने विचार व्यक्त गर्नु भएको छ । साथै उनले सोमबार एक पोष्ट गर्दै व्यंग्यात्मक शैलीमा अनेरास्ववियूको महाधिवेशनको बारेमा पनि चिन्ता जनाउनु भएको छ । पोष्टमा उनले बूढो Read More…
नेकपाको सचिवालय बैठक आज, शीर्ष नेताहरु बैठकमा जुट्दै
काठमाडौं, साउन ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानका लागि आज दिउँसो तीन बजे सचिवालयमा छलफल हुन लागेको हो । गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए Read More…
नेकपाको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौ, साउन २ । आन्तरिक बिवादमा भुमरीमा परेर संकट तर्फ उन्मुख हुदै गएको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक साउन ४ गते आइतबार सम्मकालागि स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गर्दै आएका अर्का अध्यक्ष तथा बरिष्ठ नेता माधवकुमार नेपाल समुहले अडान नछोडेपछि पार्टी भित्र अहिले Read More…
ओली र दाहालबीचको छलफल बिना निष्कर्ष टुंगियो
काठमाडौं, असार ३० । सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच ६ दिनपछि भएको भेटवार्ता बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करीब १ घण्टासम्म चलेको छलफलबाट भोलि पुन: बसेर सहमतिको सम्भावनाको खोजी गर्ने सहमति भएको जनाइएको छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार दुई अध्यक्षबीच २४ असारयता Read More…
नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित
काठमाडौं, असार २४ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक असार २६ गते सम्मका लागि स्थगित भएको छ । पार्टीमा जारी विवाद अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक २६ गते ११ बजे बस्नेगरि स्थगित गरिएको नेकपा नेता सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा Read More…
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, ओली-दाहालबीच बालुवाटारमा छलफल चल्दै
काठमाडौं, असार २२ । नेकपाको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि शनिबारका लागि तय भएको बैठक सोमबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को Read More…
नेकपा विभाजन नहुने, ओली पाँचै वर्ष प्रधानमन्त्री रहने
काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको संकट तत्कालका लागि टरेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको निर्णायक भनिएको वार्ता सकारात्मक निष्कर्षमा सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकमा दुवै अध्यक्षले मन माझामाझ गरेका थिए । छलफलमा दुवै Read More…
नेकपा स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित
काठमाडौं, असार १८ । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । बैठक स्थगित गरेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ताको तयारी भइरहेको छ । केहीबेर बसेर स्थगित भएको बैठकपछि वालुवाटारमा दुई अध्यक्षबीच वार्ता हुन लागेको छ । नेकपा स्थायी कमिटीका बहुमत सदस्यले Read More…
आज ६९ औँ जननेता मदन भण्डारी जयन्ती
काठमाडौंं, असार १४ । जनताको बहुदलीय जनवादका प्रवर्तक एवं नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको आज ६९ औँ जन्मजयन्ती । देशभरि विभिन्न कार्यक्रम गरेर मदन जयन्ती मनाइँदै छ । भण्डारीको जन्मजयन्तीका अवसरमा नेकपा तथा मदन भण्डारी मेमोरियल फाउण्डेशनले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । फाउण्डेशनले आज आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष Read More…







