राजनीति

गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गरेका थिए । यस्तै माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने र पार्टीमा तीन अध्यक्ष राख्ने Read More…

राजनीति

शिवसताक्षी कांग्रेसद्वारा सहयोग सामग्री हस्तान्तरण

झापा, बैशाख १७ । शिवसताक्षी कांग्रेसले अस्थायी प्रहरी चौकी माइधार र नगरको १० ओटै स्वास्थ्य शाखालाई सहयोग सामग्री उपलब्ध गराएको छ । अस्थाइ प्रहरी कार्यालय माइधार लाई २५ लिटर इन्धन, सर्जिकल मास्क ५० थान, ग्लोब्स २००, सेनिटाइजर २ थान र डिटल साबुन ५ थान नेपाली कांग्रेस शिवसताक्षीले बुधबार आज हस्तान्तरण गरेको छ । कांग्रेसले आजै Read More…

राजनीति

नेकपाको सचिवालय बैठक आज , स्थायी समितिको बैठक पनि बस्ने

काठमाडौं, बैशाख १६ । सत्तारुढ नेकपाभित्र चुलिएको विवाद समाधानतर्फ अगाडि बढेको छ। विवाद समाधान गर्न पार्टीका दोस्रो तहका नेताहरु सक्रिए भएका छन् । नेताहरुबीच हिजो दिनभर भएका विभिन्न चरणका भेटघाट र छलफलपछि नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ।  पार्टीभित्रको विवाद समाधान गर्न वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको पार्टीका नेताहरु आज सचिवालय बैठक Read More…

राजनीति

ओली र नेपाल बैठकको निष्कर्ष, सचिवालय बैठक बोलाउने सहमति

काठमाडौं, बैशाख १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद टुंग्याउनका लागि सचिवालय बैठक बोलाउने सहमति भएको छ । सोमबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा दुई समूहका नेताबीच भएको छलफलमा मंगलबार पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो । पछिल्लो विवादको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाउन माग गरिएपनि Read More…

राजनीति

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । सरकारले जारी गरेका अध्यादेश खारेज भएपछि देउवासँग कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपा अध्यक्षसमेत रहेका Read More…

राजनीति

यसकारण भयाे समाजवादी र राजपाबीच एकता, नयाँ पार्टीको नाम जनता समाजवादी

काठमाडौं, बैशाख ११ । राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।  एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। झन्डा यसअघि समाजवादीले Read More…

राजनीति

नेकपाको आन्तरिक एकता थप सुदृढ बनाउने: प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख १० । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ बनाउने जनाएका छन् । लेनिन जयन्तीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउन प्रेरणा दिने ओलीले विश्वास Read More…

राजनीति

नेकपा शिवसताक्षीद्वारा २ लाख १५ हजार बढी राहत कोषमा सहयोग

झापा, चैत ३० । झापाको शिवसताक्षी नगरपालिकाको कोरोना रोकथाम तथा राहत कोषमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) शिवसताक्षी नगर समितिले २ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । आइतबार नगर अध्यक्ष महेन्द्र भट्टराई सहितको टोलिले शिवसताक्षी नगर प्रमुख चन्द्र कुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपाललाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेको हो । Read More…

राजनीति

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने

काठमाडौं, चैत २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ । कांग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको Read More…

राजनीति

विपदले जुटायो राजनीतिक दललाई, मिलेर गरे राहत कोषमा सहयोग

झापा, चैत २७ । निर्वाचनताका फरक फरकरुपमा प्रस्तुत हुने राजनीतिक दल विपद्का वखत एक ठाउँमा उभिएका छन् । झापा मेचीनगरमा क्रियाशील चावटा राजनीतिकहरु विपद्का बखत एक ठाउँमा उभिएर विहीबार मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा एकलाख बढी रकम जम्मा गरेका छन् । आस्था र विचारमा फरक फरक भए पनि वा निर्वाचनका बखत एकअर्कामा प्रतिस्पर्धा गरेपनि देशमा Read More…