राजनीति

शिवसताक्षी कांग्रेसद्वारा सहयोग सामग्री हस्तान्तरण

झापा, बैशाख १७ । शिवसताक्षी कांग्रेसले अस्थायी प्रहरी चौकी माइधार र नगरको १० ओटै स्वास्थ्य शाखालाई सहयोग सामग्री उपलब्ध गराएको छ ।

अस्थाइ प्रहरी कार्यालय माइधार लाई २५ लिटर इन्धन, सर्जिकल मास्क ५० थान, ग्लोब्स २००, सेनिटाइजर २ थान र डिटल साबुन ५ थान नेपाली कांग्रेस शिवसताक्षीले बुधबार आज हस्तान्तरण गरेको छ ।

कांग्रेसले आजै शिवसताक्षी स्वास्थ्य शाखा अन्तर्गत १० वटा स्वास्थ्य केन्द्रहरूलाई १० थान सेनिटाइजर, ३०० थान सर्जिकल मास्क, १००० थान ग्लोव्स (१० प्याकेट) र डिटल साबुन १० थान जिन्सी सामग्रीहरू सताक्षिधाम स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको राहत संकलन समितिका संयोजक विनोद ढकालले बताउनुभयो ।

उक्त अवसरमा नेपाली कांग्रेस शिवसताक्षी सभापति पर्शुराम ढुंगाना, सह–सभापति एवम राहत संकलन संयोजक बिनोद ढकाल, क्षेत्रीय कोषाध्यक्ष अमृत कार्की, ६ नं. वडा अध्यक्ष मनोज खुलाल, नगर कोषाध्यक्ष दुर्गा भट्टराई, नेपाल तरुण दल क्षेत्रीय सचिब रमेश राई, ११ नं. वडा सभापती एवम राहत संकलन सचिब अशोक बस्नेत, १० नं. वडा सभापती लक्ष्मी योङ्या, नगर सदस्यहरु द्वय सन्त फेवदिन र होम दुलाललगायतको उपस्थिति रहेको थियो ।

यस अघि नै शिवसताक्षी नगरपालिकाको राहत कोषमा १ लाख ६५ हजार ५६६ नगद रकम हस्तान्तरण गरेको नगर सभापति पर्शुराम ढुङ्गानाले बताउनु भयो। त्यस्तै गरि इलाका प्रहरी कार्यालय झिलझिलेलाई २० हजार बराबरको स्वास्थ्य सामग्री र इन्धन, इलाका प्रहरी कार्यालय शिवगन्जलाई १५ हजार बराबरको स्वास्थ्य सामग्री, प्रहरी चौकी मंगलबारे लाई १० हजार बराबरको स्वास्थ्य सामग्री र इन्धन हस्तान्तरण गरिएको राहत संकलन समिति संयोजक ढकालले बताउनुभयो ।

समय समयमा शिवसताक्षीको क्वारेन्टाइन अनुगमन र आवश्यक सुझाब पनि प्रदान गरिरहेको छ। साथै बैसाख ६ गते कोरोना भाइरसको महामारीको संकटबाट कसरी नगरबासीहरूलाइ बचाउन, स्थानीय सरकारलाइ सहयोग गर्न र लकडाउनका कारण समस्यामा रहेका व्यक्तिहरूको गाँसको ब्यबस्था गर्न सकिन्छ भनेर नगर समितीको भर्चुअल बैठक पनि सम्पन्न गरेका ११ नं.वडा सभापती एवम राहत संकलन सचिब अशोक बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.