ईलाम , कात्तिक २३ । जनचेतना कृषि सहकारी ंसंस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रको उद्घाटन प्रमुख अतिथि रेडक्रस ईकाइ सभापती रामप्रसाद दहालले गरेका थिए । चुलाचुली स्थित रेडक्रस सभाहलमा शुक्रबार आयोजित बार्षिक साधारणसभा कार्यक्रमको अवसरमा संस्थाले असल ऋणी तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको थियो । साथै संस्थाले अगुवा कृषकलाई पनि सम्मान गरेको Read More…
अर्थ
निर्माणको गुणस्तरमा कुनै सम्झौता हुँदैन; सांसद मैनाली
झापा, कात्तिक २२ । सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा विनियोजित बजेटबाट विभिन्न विकास निर्माणका कार्यहरु धमाधम अगाडी बढाईरहेका छन् । यस्तै झापा क्षेत्र नम्बर एक प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीको पहलमा करिब १ करोड ३८ लाख बराबरको बजेटमा मेचीनगर ३ स्थित बडाखाल अन्तर्गत गोकुलमार्ग ८४० मि कालोपत्रे सडकको दुवै पटी ड्रेन निमाण सहित एक किमि सडक Read More…
बेस्राको घर बनाइदिने सांसद बानियाको घोषणा
झापा, कात्तिक २० । आर्थिक अवस्था कमजोर त्यसमाथी ब्लड प्रेसर र पक्षघातको बिरामी अनि आफ्नो नाममा एक भित्ता जमिन पनि नहुँदा जिवनयापन धेरै दुःख र कष्टकर हुन्छ । यहि दुःख र कष्ट भोग्दौ आएका छन् कचनकवल गाँउपालिका वडा नम्बर ६ निवासी नारायण बेस्रा । एक कार्यक्रमका बिच बेस्राको यो दुःख लाई आत्मासाथ गर्दै प्रदेश सभा Read More…
कृषकलाई आलुको बीउ वितरण
झापा, कात्तिक २० । झापाको कमल गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन आज एक कार्यक्रमका बीच कृषकलाई आलुको बीउ वितरण गरिएको छ । कमल गाउँपालिका २ स्थित आईपीएम कृषि सहकारी सस्थाको आयोजना तथा कमल गाउँपालिका, कारितास नेपाल र कृषि ज्ञान केन्द्र झापाको सहयोगमा १ सय २५ जना कृषकलाई जनही ५० केजी आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण Read More…
जातका धानको बिउ नपर्दा किसान मारमा, ९ जिल्लामा १५ करोडको क्षति
काठमाण्डौं, कात्तिक १७ । छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउबाट कम्तीमा ९ जिल्लाका किसान ठगिएका छन्। गरिमा जातका नाममा दिइएको बिउ अर्कै जात नखुलेको परेको छ । जसका कारण धान नफल्दा १५ करोडभन्दा बढीको क्षति पुगेको छ । बालै लगागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङका सयौं किसानले Read More…
दुई करोडको अस्पताल प्रयोगविहीन
काठमाण्डौं, कात्तिक १४ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् । रु दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव खिम्ती Read More…
२ करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ
काठमाण्डौं, कात्तिक १० । काठमाण्डौं महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका जुवाडेहरुमा Read More…
१३ हजार घुस रकमसहित वडासचिव पक्राउ
बारा, कात्तिक १० । वृद्ध तथा अपाङ्गता भएकाको समाजिक सुरक्षा भताबाट घुस लिएको आरोपमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ६ का वडासचिव रामएकवाल यादवलाई प्रहरीले पक्राउ गरेका छन् । उनले प्रत्येक व्यक्तिहरुबाट जनही रु १ सय रुपैयाँ कटौती गरि करिब १२ हजार ७ सय ४८ रुपैयाँ जम्मा गरिसकेको अवस्थामा पटेर्वाका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ईलाका Read More…
जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश
काठमाण्डौं, कात्तिक १ । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद Read More…
घुस रकमसहित प्रहरी सहायक निरीक्षक चौधरी पक्राउ
महोत्तरी, असोज ३० । महोत्तरीमा घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । भारतबाट ल्याइने घरेलु मालसामान सीमा नाकाबाट नेपाल भित्र्याइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया घुस लिँदै गरेको अवस्थामा प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरी पक्राउ परेका हुन् । चौधरीलाई बिहीबार दिउँसो दुई बजेतिर पक्राउ गरिएको हो । चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट Read More…










