अर्थ स्वास्थ्य

बेस्राको घर बनाइदिने सांसद बानियाको घोषणा

झापा, कात्तिक २० । आर्थिक अवस्था कमजोर त्यसमाथी ब्लड प्रेसर र पक्षघातको बिरामी अनि आफ्नो नाममा एक भित्ता जमिन पनि नहुँदा जिवनयापन धेरै दुःख र कष्टकर हुन्छ ।

यहि दुःख र कष्ट भोग्दौ आएका छन् कचनकवल गाँउपालिका वडा नम्बर ६ निवासी नारायण बेस्रा । एक कार्यक्रमका बिच बेस्राको यो दुःख लाई आत्मासाथ गर्दै प्रदेश सभा सांसद बसन्त बानियाले उनको घर बनाई दिने घोषणा गरेका छन् ।

त्यसैगरी स्थानिय कमल खतिवडाको आश्रयमा बसीरहेका बेस्रालाई खतिवडाले १० धुर जमिन निशुल्क प्रदान गर्ने भएका छन् । साथै विदेशबाट सहयोगी मनहरुले सहयोग स्वरुप जम्मा गरेर पठाएको नगद १लाख २६ हजार ७ सय ३७ रुपया परिवारका बिच बिरामीलाई हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.