राजनीति शिक्षा

नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले गर्‍यो विरोध

काठमाडौं, कात्तिक २० । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले सडकमानै उत्रेर सो कार्यको बिरोध गरेको छ ।

कब्जाको शैलीमा नेपाली भूभाग भारतीय नक्सामा समेटिएको भन्दै अनेरास्ववियूले बुधबार विरोध र्‍यालीको आयोजना गरेको हो । प्रदर्शनमीमार्गबाट सुरू भएको र्‍याली बागबजारको मुखमा पुगेर कोणसभामा परिणत भएका थियो । विरोध र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतले सार्वजनिक गरेको नँया नक्सा तुरून्तै खारेज गर्न माग गरेका छन् ।

‘कालापानी, लिपुलेक हाम्रो भूमि हो । हाम्रो भूमि भारतले कब्जाको शैलीमा उसको नक्साभित्र राख्न पाउँदैन । यस विषयमा सरकारले तुरुन्तै संवाद गरोस्’, महरले कोणसभामा भन्नुभयो । उहाँले आज प्रतीकात्मक विरोध गरिएको र नक्सा नसच्याए चरणवद्ध आन्दोलन गर्ने बताउनुभयो । अनेरास्ववियूले सामाजिक सञ्जालमा गोब्याकइण्डिया ह्यास ट्याग राखेर विरोधको शुरूआत समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.