काठमाडौँ, कात्तिक २१। नायिका आँचल शर्माले प्रेमी उदित श्रेष्ठसँग यही वर्षमा बिहे गर्ने तयारी गरेको बताएकी छिन्।
पछिल्लो समय निकै व्यस्त रहेकी आँचलले यसै वर्ष विवाह गर्ने तयारी भर्इरहेको हाम्रो खबरपाटीलाई बताएकी हुन्। नायक तथा मोडल पल शाहसँग आँचलको प्रेम चर्चा थियो। तर दुबैले आफूहरु साथी मात्रै भएको बताउँदै आएका थिए।
आँचलले पलसँग स्क्रिन सेयर गर्दै ‘नाईं नभन्नु ल ४’ मार्फत रजतपटमा डेव्यु गरेकी थिइन्। यो जोडीलाई दर्शकलले निकै रुचाएका थिए। जस कारण दर्शकलले यो जोडीलाई आँप जोडीको उपमा दिएका थिए।
आँचलले आफूले विवाह गर्न लागेको जानकारी दिदै पलसँग सम्बन्ध नचिसिएको पनि बताएकी छिन्। उनले पललाई आफ्नो विवाहमा बोलाउने पनि बताएकी छिन्।

