खेलकुद

रोनाल्डोलाई पनि भित्र्याउने पिएसजीको तयारी

काठमाडौं, साउन ३० । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी विश्व फुटबलका दुई महान् खेलाडीहरु हुन्। यो जोडीको फुटबलमा सबैभन्दा बढी तुलना हुने गर्छ। अर्जेन्टाइन मेसी उत्कृष्ट कि पोर्चुगिज रोनाल्डो भन्नेमा विश्व फुटबल नै दुई ध्रुवमा उभिन्छ। रोनाल्डोले रियल मड्रिड जोइन गरेपछि यी दुई खेलाडीबीचकोे तुलना शुरु भएको हो। क्याटलन क्लब बार्सिलोना र स्पेनिस महारथी रियल Read More…

खेलकुद

स्टार फरवार्ड लियोनेल मेस्सी पिएसजीमा अनुबन्धित

काठमाडौं, साउन २६ । अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका केही दिनअगाडि मात्र बिदा भएका मेस्सीले दुई वर्षका लागि फ्रेन्च हेभिवेटसँग सम्झौता गरेको इटालियन पत्रकार फ्याब्रिजियो रोमानोले जनाएका छन् । ‘मेस्सी पिएसजीसँग अनुबन्धित भएका छन् । सम्झौता भइसकेको छ । Read More…

खेलकुद

मेस्सीले छाडे स्पेनिस क्लब बार्सिलोना

काठमाडौं, साउन २२ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट बिदा लिएका छन् । बार्सिलोनाले बिहीबार विज्ञप्ति जारी गर्दै कप्तान मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको जनाएको छ ।  खेलाडी र क्लब सम्झौता नजिक पुगेको भएपनि ला लिगाको वित्तीय संरचनाको कानुनी बाधाका कारण मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  यसअघि मेस्सीले बार्सिलोनासँग सन् २०२६ Read More…

खेलकुद

पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु,’ खड्काले भनेका छन् । खड्काले सन्यास लिएको घोषणा गर्दै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको पनि उल्लेख गरेका छन् Read More…

खेलकुद

पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने

काठमाडौं, श्रावण ११ । विश्व चर्चित पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा उनले फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट खेल्ने भएका हुन् । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन्। पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी Read More…

खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीको राजीनामा !

काठमाडौं, श्रावण १० । सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफू Read More…

खेलकुद

गुरु पूर्णिमामा करातेका गुरुसहित खेलाडी सम्मानित

मेचीनगर, श्रावण ९ । गुरु पूर्णिमाको सन्दर्भ पारेर मेचीनगर–६ स्थित बर्मेली कराते डोजोले कराते विधाका गुरुसहित १५ जना खेलाडीलाई सम्मान गरेको छ । छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक तथा युवा समाजसेवी बालकृष्ण थापाको प्रमुख आतिथ्यतामा शनिवार आयोजित कार्यक्रममा करातेका गुरुसहित खेलाडीलाई सम्मान गरिएको हो । सो अवसरमा आयोजक डोजोले गुरुहरुलाई सम्मान गर्दै यसअघि भएको ग्रेडिङमा ब्राउन Read More…

खेलकुद

आज ब्राजिल र जर्मनी बिच भिडन्त हुँदै

काठमाडौं, श्रावण ७ । जापानको टोकियोमा हिजोबाट सुरु भएको ओलम्पिक खेलकुद अन्तर्गत आजबाट पुरुष फुटबलका खेल सुरु हुँदैछन् । आज पहिलो दिन एकैदिन विभिन्न ८ खेल हुँदा एक खेलमा उपाधिका दुई दाबेदार टिमहरू ब्राजिल र जर्मनीको रोमाञ्चक भिडन्त पनि हेर्न पाइने छ । समूह ‘डी’मा रहेका यी दुई देशले पहिलो खेलमै एकअर्काको सामना आज गर्न Read More…

खेलकुद

युरोकप: इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन

काठमाडौं, असार २८ । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा टाइब्रेकरमा इंग्ल्यान्डलाई ३-२ गोलले पराजित गर्दै इटालीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा Read More…

खेलकुद

कोपा अमेरिका: मेस्सी र नेयमार संयुक्त सर्वोत्कृष्ट खेलाडी

काठमाडौं, असार २७ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड बाडिँएको हो । दुई मध्ये Read More…