राजनीति

‘काठमाडौंले के गर्यो भन्नेतिर नलागौं-राम कार्की

मेचीनगर । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ ले माओवादी पार्टी विभिन्न कारणले थाकेको भन्दै पुनः निर्माण जरुरी रहेको बताएका छन् । माओवादी केन्द्र मेचीनगर कमिटीले शनिबार पर्यटकीय स्थल मिनी माउन्टेनमा आयोजना गरेको जनतासँग माओवादी रुपान्तरण अभियान समापन तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् । ‘हामी धेरै थाकिसक्यौं,’ उनले भने, Read More…

राजनीति स्वास्थ्य

रास्वपाको नि:शुल्क स्वास्थ्य शिविरमा ३०८ जनाले लिए सेवा

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर ९ वडा कमिटीको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । आइतबार स्थानीय हरि आधारभूत विद्यालय परिसरमा सम्पन्न एक दिवसीय निःशुल्क स्वास्थ शिविरमा सहभागीहरुले आँखा परिक्षण, दन्त परीक्षण र फिजिसियन सम्बन्धी सेवा लिएका थिए । निःशुल्क स्वास्थ शिविरमा आँखा परिक्षण तर्फ १४४ जना, दन्त परीक्षण तर्फ ६८ Read More…

राजनीति

मेचीनगर ८ : राष्ट्रिय युवा संघ अध्यक्षमा थामी

इ्टाभट्टा । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर–८ को अध्यक्षमा ललित थामी निर्वाचित भएका छन् । आज मेचीनगर ८ इटाभट्टभामा आयोजित वडा अधिवेशनबाट थामी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सञ्जय राजवंशी , सचिवमा आकाश ढुङ्गाना, सहसचिवमा खगेन्द्र धिमाल, दिव्य राजवंशी र कोषाध्यक्षमा प्रदिप गिरी चयन भएको निर्वाचन समितिका अध्यक्ष एवम् नेकपा एमाले झापा क्षेत्र Read More…

राजनीति

एमाले अध्यक्ष ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटी

मेचीनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत सम्मानमा लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले स्वागत द्वार निर्माण गरेको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि मध्यपहाडी संकल्प यात्राको समापन मंसिर ३० गते पाँचथरमा हुँदैछ । सोही कार्यक्रमका लागि एमाले निकट लोकतान्त्रिक मेचे संघ केन्द्रीय कमिटीले ईलाम रोड चारआली स्थित मेची राजमार्गमा भव्य स्वागत द्वार निर्माण Read More…

राजनीति

कोशीको समस्याको समाधान जनमत संग्रहबाट गर्न सुझाव

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन् । बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि Read More…

राजनीति

विप्लप नेतृत्व नेकपाको चरणबद्ध आन्दोलनलाई तिब्रता

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताहरुका नाममा अदालतले पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध नेकपाले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत नेकपा मेची ब्युरोले झापा , इलाम र पाँचथरमा विरोध प्रदर्शन गरेको छ। घोषित आन्दोलनको तालिका अनुसार बिहीबार देशैभर पार्टी जवस र जनताको उपस्थितिमा झापा लगायत देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन Read More…

राजनीति

पूर्वराजाको भव्य स्वागत गर्दै राप्रपाले गर्‍यो झापामा शक्ति प्रदर्शन

त्रिलोचन गौतम झापा । पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले झापामा शनिबार शक्ति प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा पूर्व राजा शाहको स्वागत गर्दै शक्ति प्रदर्शन गरिएको हो । पूर्व राजा शाह औपचारिक कार्यक्रमका लागि बिर्तामोड प्रस्थान भए लगतै धुलाबारीस्थित मेची क्राउन होटेलबाट मोटरसाइकल र्‍यालीसहित राप्रपाले बाजागाजासहित Read More…

राजनीति

आज युवा संघ र दुर्गा प्रसाईं समूहले काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्ने

काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् । युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ भने Read More…

राजनीति

कोशी प्रदेश: माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति

विराटनगर ।  कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोलाई अघि बढाउन सत्ता गठबन्धनका दलहरू सहमत भएका छन्। माओवादी केन्द्रका एक नेताले बुधबार गठबन्धनका दलहरूबीच सहमति भएको बताए। कांग्रेसले दाबी छाडेपछि माओवादी केन्द्रका आङ्बोले अवसर पाउन लागेका हुन्। तर उनले गठबन्धन बाहिरका दुई दल एमाले वा राप्रपामध्ये कम्तीमा एक दलको साथ पाउनुपर्ने हुन्छ। संविधानको Read More…

राजनीति

‘कैद मिनाहा दिने कानुनी व्यवस्था गलत’: कांग्रेस महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताउनुभएको छ। कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताउनुभयो । “सोझै नेताहरूले राष्ट्रपति प्रयोग Read More…