योगराज आचार्य मेचीनगर । नेपालको सुदूरपूर्वमा रहेको छ, मेचीनगर नगरपालिका । भारतसँगको मुख्य नाका काँकरभिट्टासमेत रहेको यस नगरपालिका सांस्कृतिक विविधता, कृषि, धार्मिक सम्पदा र पर्यटन क्षेत्रको प्रचुर सम्भावनाले भरिपूर्ण छ । नेपालकै ठुलो नगरपालिका मध्येको एक मेचीनगरमा १ लाख ३३ हजार बढी जनसंख्या रहेको छ । पछिल्लो समय सडक सञ्जालको सहज पहुँच, प्रत्येक वडामा प्राथमिक Read More…
संघ \संस्था
काँकरभिट्टाबाट ईभी नेपाल यातायात सञ्चालनमा, अब आरामदायी यात्रा गर्न सहज हुने
मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकरभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो । बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकरभिट्टा–विराटनगर र काँकरभिट्टा–धरान रूटमा ७ वटा ईभी माइक्रोबस सञ्चालनमा ल्याइसकेको छ । योसंगै उक्त रूटमा सर्वसाधारणलाई आरामदायी यात्रा गर्न सहज भएको छ । ईभी नेपाल Read More…
झापाबाट अवैध लागू औषधसहित १ सवारी साधन र ४ जना पक्राउ
झापा । लागूऔषध (ब्राउन सुगर) सहित एक सवारी साधन र चारजना कारोबारी झापाबाट पक्राउ परेका छन्। प्राप्त गोप्य सूचनाका आधारमा बुधबार दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ बाट बागमती प्रदेशको ०१–०२५च–०८७७ नम्बरको क्रेटा कार रोकी जाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ Read More…
द्रोणाचार्यको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको हो : रिजाल
बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले द्रोणाचार्य क्षेत्रीहरुको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो । प्रेस चौतारी झापाको द्रोणाचार्य क्षेत्रीको ३२ स्मृतिमा आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले कम्युनिष्ट आन्दोलनका निमित्त योगदान गर्नेहरुको भावनालाई आत्मसाथ गर्न नसके परिवर्तनको महत्वलाई बुझ्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ द्रोणाचार्यहरुले पार्टीमा काम Read More…
पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम विर्तामोडमा सम्पन्न
बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाको आयोजनामा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा जिल्लाका ३० जनाभन्दा बढी पत्रकारहरुको सहिभागिता रहेको थियो । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिममा पत्रकार लिलाराज भट्टराई र उमाकान्त खनालले प्रशिक्षण प्रदान गर्नुभएको थियो । पत्रकारितामा एआईको प्रयोग गरेर समाचार उत्पादन, Read More…
प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत
मेचीनगर । प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । आज काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली Read More…
मेचीनगरका पत्रकारको ७८ लाख बराबरको दुर्घटना बीमा
मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । आज क्लबको स्थापना दिवसको अवसरमा ३९ जना सदस्य पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । हरेक बर्ष नविकरण हुने गरी ३९ जना २ लाख दरले ७८ लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका सचिव प्रविण अधिकारीले बताए । नेपाल माइक्रो इन्स्योरेन्स Read More…
वीरता लेडी जेसीजको आयोजनामा बुद्धशान्तिमा स्वास्थ्य शिविर
बुद्धशान्ती । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई चरितार्थ गर्दै वीरता लेडी जेसीजले साेमबार बुद्धशान्ति गाउँपालिका-४ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट ३०० भन्दाबढी स्थानीय बासिन्दाले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् । शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले Read More…
बेलायतको फेल्थम एण्ड हेस्टनको अध्यक्षमा पहिलोपटक झापाका इन्द्रहाङ लिङ्देन निर्वाचित
झापा । झापाका इन्द्रहाङ लिङ्देन पहिलोपटक बेलायतको फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको छ । उहाँ कन्जरभेटिभ पार्टीबाट क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको हो । फेल्थम र हेस्टन निर्वाचन क्षेत्रका ९ वटा वडाको प्रतिनिधित्व गर्दै लिङ्देन क्षेत्रीय अध्यक्ष निर्वाचित हुने पहिलो नेपालीसमेत बन्नु भएको छ । बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब Read More…
नेपाल थामी समाज मलेसियाको प्रथम अधिवेशन सम्पन्न, सन्तोष ठान्टी थामी अध्यक्षमा निर्वाचित
जोहोर बारु । नेपाल थामी समाज मलेसियाको प्रथम ऐतिहासिक अधिवेशन आइतबार जोहोर बारुस्थित लारकिनमा रहेको गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोर बारुको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष तथा शेर्पा संघ मलेसियाका अध्यक्ष नावा नुरी शेर्पा प्रमुख अतिथिका रूपमा सहभागी थिए। अधिवेशनले सन्तोष ठान्टी थामीको अध्यक्षतामा Read More…










