मेचीनगर । काँकरभिट्टामा गरिएको चालकहरुको स्वास्थ्य परीक्षणमा करिब आधाजसो ४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कमा गरिएको ३० जना चालकहरुको स्वास्थ्य परीक्षणमा १४ जनाले लागूपदार्थ सेवन गरेको पाइएको ह । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाईमा पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने यात्रबाहक बस तथा नीजि सवारीसाधनहरुबाट बढ्दो दुर्घटना न्यूनीकरणका लागि चालकहरुको आँखा तथा लागूपदार्थ सेवन चेकजाँच गरिएको थियो । परीक्षणका क्रममा १४ जनामा लागूपदार्थ पोजेटिभ देखिएकाले थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको समन्वयमा समुदाय–प्रहरी साझेदारी अन्तरगत कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए । कार्यक्रममा काँकरभिट्टा आई केयर सेन्टर प्रालि र स्वास्थ्य कार्यालय झापाले प्राविधिक सहयोग गरेका थिए ।
संघ \संस्था
मेचीनगर-८ : लागु औषध विरुद्ध सचेतनाका लागि मोटरसाईकल र्याली
मेचीनगर । झापाको मेचीनगर नगरपालिका ८ नं वडा कार्यालय खेलकुद विकास समितिको आयोजनामा लागु औषध ‘दव्र्यसनबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नाराका साथ मोटर साईकल ¥याली सम्पन्न भएको छ । ८ नं वडा कार्यालयले संयोजन गरेको सो ¥यालीले प्ले कार्ड सहित वडा नं ८ लाई फन्को मारेको थियो । ८ नं वडा Read More…
रेडपान्डा संरक्षणको सन्देश दिन सन्दकपुरमा पदमार्ग र महोत्सव
नमीन ढकाल फिक्कल । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य Read More…
मिडियामाथिको तोडफोड र पत्रकारको हत्याविरुद्ध माइतीघरमा महासंघको विरोध
काठमाडौं । शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा कार्यक्रम गरेको छ। राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको थियो। राजावादीको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको हो। उनी एभिन्यूज Read More…
झापा : यातायात कार्यालयको छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेर ठगी, सेवाग्राहीले सेवाभन्दा पनि शास्ती पाउंदै
झापा । यातायात व्यवस्था कार्यालय झापाको उदासीनताका कारण सयौं सेवाग्राहीहरू ठगिएका छन् । कार्यालयको छाप र अधिकृतको हस्ताक्षर नै किर्ते गरेर एक बिचौलियाले सेवाग्राहीलाई ठगेको खुलासा भए पनि त्यसलाई रोक्न कार्यालयले उदासिनता देखाएको हो । लामो समयदेखि यातायात व्यवस्था कार्यालय झापामा लेखापढीको काम गर्दै आएका कन्काई निवासी विशाल भण्डारीले सेवाग्राहीको लाखौं रुपैयाँ ठगि गरेर फरार भएका Read More…
कोशी प्रदेश पर्यटन वर्ष २०८२ : घोषणाको पूर्वसन्ध्यामा सरोकारवालासँग छलफल तीव्र
मेचीनगर । कोशी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित आगामी चैत्र २७ गते ’कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्ने तयारी गरिरहेको छ । सोही सन्दर्भमा, कोशी प्रदेश पर्यटन वर्ष सचिवालयले सरोकारवालासँग छलफल तथा अन्तरक्रियालाई तीव्रता दिएको छ। यसैक्रममा, आज झापाको मेचीनगरस्थित पर्यटन कार्यालय काँकरभिट्टाको संयोजनमा पर्यटन व्यवसायी तथा सम्बन्धित संस्थाहरूसँग एक दिवसीय Read More…
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता गरेका हुन् । Read More…
सहिद विश्वनाथ मार्ग: आजदेखि काँकरभिट्टाबाट कालोपत्रे सुरु
मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवको योजना सहिद विश्वनाथ मार्गको आजदेखि काँकरभिट्टाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ । विश्व बैंकको आयोजना अन्तरगत नगरपालिकाले काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजार सम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो । विगतको सूर्योदय मार्गलाई परिवर्तन गरी सहिद विश्वनाथ घिमिरेको नाममा सहिद विश्वनाथ मार्गको रुपमा Read More…
बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानीमा त्रिपक्षीय भिडन्त
बाहुनडाँगी । बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । चैत १६ गते मेचीनगर–२ स्थित युनाइटेड बोर्डिङ स्कुल मेचेडाँगीमा हुने निर्वाचनबाट ३ वर्षे कार्यकालका लागि नेतृत्व चयन हुँदैछ । निर्वाचनमा ३ वटा प्यानलले आफ्नो उम्मेद्वारी खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन मिति Read More…
गणेश पाण्डे प्रेस चौतारीको अध्यक्ष चयन : ९९ सदस्यीय कार्य समितिमा को-को परे ?
काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन्। विराटनगरमा सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चयन भएको हुन् । समितिको दुई जना उपाध्यक्षमा चेतन Read More…










